site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
 हुम्लाको टोकुलेमा भेटियो ११ नम्बर सीमा स्तम्भ

काठमाडौं । नेपाल-चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । हुम्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) चिरन्जीवी गिरीको नेतृत्वमा गएको नेपाली सेनासहितको टोलीले ११ नम्बर सीमा स्तम्भ फेला पारेको नाम्ख गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बाह्रखरीलाई जानकारी दिएका छन् । चार दिनअघि सीडीओ नेतृत्वको टोली ११ नम्बर सीमास्तम्भको खोजीमा त्यसतर्फ गएको उनले बताए । उनले भने, "विभिन्‍न सञ्‍चारमाध्यमहरुमा सीमा स्तम्भ गायब भएको भन्‍ने समाचारहरु आए । तर, त्यो गायब गरिएको नभई हामीले खोजी नै नगरेका हौं । अहिले खोजी गर्दा भेटियो भन्‍ने खबर आएको छ ।" 

सीडीओ नेतृत्वको टोली त्यहाँबाट बिहीबार साँझसम्म सदरमुकाम आइ  पुगेपछि विस्तृत जानकारी थाहा हुने अध्यक्ष लामाले बताए । उनले भने, "मलाई बताए अनुसार ११ नम्बर सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा भेटिएको  छ ।  हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको भन्‍नुभएको छ ।" 

१२ नम्बर सीमा स्तम्भ वडा नम्बर ६ कै लिमीमा भएको र ११ नम्बर सीमा स्तम्भ पनि भेटिएपछि अब रेखाकंनका गर्ने र त्यसपछि चिनियाँ भवनहरु कता बनाएका हुन् भनेर यकिन गर्नसकिने अध्यक्ष लामाले बताए । 

सन् २०१९ मा उक्त सीमा स्तम्भहरु निर्माण गरिएका थिए । यसअघि नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्‍न गएको नेपाली टोली लाप्चाबाटै फर्किएको थियो ।

विभिन्‍न सञ्‍चारमाध्यमहरुमा चीनले नेपाली भूमि अतिक्रमण गरेर संरचना बनाएको भन्‍ने समाचारहरु आएपछि यो विषयमा ध्यानाकर्षण भएको हो । बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारका निर्णय सार्वजनिक गर्दै नेपाल-चीनबीच कुनै सीमा समस्या नभएको दाबी गरेका थिए । 

ज्ञवालीले भनेका थिए, "लिमि उपत्यकामा नेपाली भूमिमा भवन निर्माण भएको भन्‍ने समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाबाट स्थलगत अध्ययनका लागि टोली त्यसतर्फ गएको छ । उक्त टोलीले रिपोर्ट पठाएपछि विस्तृत जानकारी हुन्छ ।"

उनले चीनले नेपाली सीमाभन्दा एक किलोमिटर परै संरचना बनाएकोसमेत बताएका थिए । उनले भने, "हुम्ला लिमीमा देखिएको समस्या २०७३ सालमा गठन भएको अन्तर मन्त्रालय छानबिन समितिले नै प्रष्ट पारिसकेको र त्यतिबेला नै यो विषय किनारा लागेको छ । त्यतिबेला गठन भएको छानबिन समितिले लिमीमा चीनले बनाएका भवन नेपाल–चीन सीमा क्षेत्रभन्दा एक किलोमिटर पर नै रहेको प्रतिवेदन बुझाएको र अहिले पनि त्यहीँ भवन बनाइएको छ ।"
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro