फाइल तस्बिर
काठमाडौं । यौन दूराचारको आरोप लागेपछि पदबाट राजीनामा दिएका निवर्तमान सभामुख महराले सरकारी निवास छाडेका छैनन् ।
निवर्तमान सभामुख महराको सुरक्षार्थ खटिएका १७ जना सैनिक र ११ जना प्रहरी फिर्ता गरे पनि निवास भने सरकारी नै उपयोग गरिरहेको महराका प्रेस सल्लाहकार डिल्ली मल्लले बाह्रखरीलाई जानकारी दिए ।
काठमाडौंमा घर नभएको र नयाँ डेरा (बासस्थान) खोज्नुपर्ने भएकाले निवास छाड्न समस्या भएको उनको भनाइ थियो ।
“निवर्तमान सभामुखको काठमाडौंमा घर छैन । अपर्झट राजीनामा दिनुपरेकाले तत्कालै डेरा पाइएको पनि छैन । अपर्झट नपरेको भए तयारी गर्न पाइन्थ्यो र बासस्थान पनि खोजिन्थ्यो होला, डेरा नपाउञ्जेल सरकारी निवास नै उपयोग गर्नुपर्ने बाध्यता छ,” उनको भनाइ थियो ।
सुरक्षाकर्मी फिर्ता गरेपछि महरासँग केही पीएसओ बाँकी छन् । अन्य सुविधा भने पूर्वसभामुख सरह पाउने संसद् सचिवालयले जनाएको छ । सभामुखले प्रयाग गर्दै आएका तीनमध्ये एउटा गाडी पनि फिर्ता गरेको सचिवालयले जनाएको छ ।