site stats
बाह्रखरी :: Baahrakhari
देश
महिला हिंसाका घटनामा शून्य सहनशीलता अपनाउन अन्तर्राष्ट्रिय समुदायको आग्रह 

प्रतिनिधि तस्बिर


काठमाडौं । नेपाल सरकारलाई अन्तर्राष्ट्रिय समुदायले महिला हिंसाका कुनै पनि किसिमका घटनामा शून्य सहनशीलता अपनाउन आग्रह गरेका छन् । नेपालस्थित संयुक्त राष्ट्रसंघ र बेलायत, अस्ट्रेलिया,  फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड, फिनल्यान्ड दूतावासले संयुक्त वक्तव्य जारी गर्दै महिला हिंसाका घटना बढेकोले अन्तर्राष्ट्रिय कानुन अनुसार शून्य सहनशीलताको नीति अवलम्बन गर्न आग्रह गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालमा निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको बेला अन्तराष्ट्रिय समुदायले पीडितलाई अन्तर्राष्ट्रिय कानुनअनुसार न्याय सुनिश्चितता गर्न ध्यानाकर्षण गराएका हुन् । 

अन्तर्राष्ट्रिय समुदायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "अन्तर्राष्ट्रिय समुदायको  महिलाविरुद्धकी विशेष प्रतिनिधिको  सन् २०१८ नोभेम्बरा भएको नेपाल भ्रमणका क्रममा नेपालमा यौन हिंसा र महिलाविरुद्धका हिंसामा दण्डहिनता बढेको घटनाप्रति ध्यानाकर्षण भएको छ । निर्मला पन्त र माया विकका परिवारले न्याय खोजीका क्रममा निकै चुनौती सामना गर्नु पर्‍यो । अन्तर्राष्ट्रिय मान्यता र अन्तर्राष्ट्रिय कानुन अनुसार नेपाल सरकारले घटनाका विषयमा निष्पक्ष छानबिन गर्नुपर्छ ।" 

महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्ने समितिको ३५ नम्बर सिफारिस कार्यान्वयन गर्न समेत आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, "समितिको ३५ नम्बर सिफारिस अनुसार यौनहिंसासँग जोडिएका  सबै प्रकारका अपराधको अनुसन्धान, पीडितलाई थप पिडा हुनबाट जोगाउने र महिलाविरुद्धका कुनै पनि किसिमको हिंसा हुन नदिनेमा सचेत हुनुपर्दछ ।"

उक्त विज्ञप्तिमा महरा प्रकरणबारे भने केही उल्लेख गरिएको छैन ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६  २३:३०
प्रतिक्रिया दिनुहोस्