site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सीमा समस्याबारे सूचना दिएको भन्दै हुम्लाका सहायक सीडीओलाई सरकारले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपालको उत्तरी सीमामा चिनियाँ पक्षले भौतिक संरचनाहरु बनाएको भन्‍ने सूचनाका आधारमा समाचारहरु आएपछि सरकारले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) दत्तराज हमाललाई स्पष्टीकरण माग गरेको छ ।  सूचना अधिकारीसमेत रहेका हुम्लाका सहायक सीडीओ हमाललाई गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयले बोल्‍नुपर्ने ठाउँमा किन सूचना दिएको भन्दै स्पष्टीकरण सोधेको हो ।

हुम्लाको टोलीको सीमा क्षेत्रतर्फ गएको विषयमा बुझ्‍न खोज्दा उनले आफूले जानकारी नदिने र बोल्‍न नमिल्‍ने बताए ।

केही साताअघि जनप्रतिनिधिहसँग लाप्चामा पुगेर फिर्ता भएका सहायक सीडीओ हमालले जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाको भनाइलाई आधार मानेर चीनले नेपाली भूमिमा भवन बनाएको हुनसक्ने आशयको प्रतिवेदन जिल्लामा पेश गरेको र सो प्रतिवेदन मन्त्रालयमा पठाइएको सूचना विभिन्‍न सञ्‍चारमाध्यमलाई जानकारी गराएका थिए । 

उक्त जानकारी किन दिएको भन्दै २४ घण्टाभित्र जवाफ पठाउन गृहले निर्देशन दिएको छ । उनले बाह्रखरीसँग भने, "अब केही बोल्‍न मिल्दैन । बोल्दाबोल्दै जागिर जानेबेला भइसक्यो । मन्त्रालयले स्पष्टीकरण माग गरेको छ ।"  त्यही प्रतिवेदनका आधारमा मन्त्रालयले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा सुरक्षा समितिको टोलीलाई यसबारेमा सत्यतत्थ्य बुझ्‍न र सिमा स्तम्भको बारेमा अनुगमन गर्न लाप्चा पठाएको छ । 

असोज ३ गते त्यसतर्फ गएको टोलीले हराएको भनिएको ११ नम्बर पिलर भेटिएको जानकारी पठाएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बाह्रखरीलाई बताएका छन् ।  गृहले सीमा विवादको वास्तविकता बाहिर नआउँदै हमाललाई स्पष्टीकरण सोधेको हो ।  सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार साँझ चीनसँग कुनै सीमा समस्या नभएको दाबी गरेका छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro