site stats
बाह्रखरी :: Baahrakhari
देश
महरा प्रकरणमा आयोगद्वारा प्रहरीसँग अनुसन्धानको जानकारी माग, अनुगमन टोली गठन 

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको यौन दुर्व्यवहारको प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगको ध्यानकार्षण भएको जनाइएको छ । आयोगले महरा र संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीबीच भएको भनिएको घटनाबारे नेपाल प्रहरीले हालसम्म गरेको अनुसन्धानका विषयमा हालसम्म भएको काम कारबाहीको जानकारी माग गरेको छ ।

साथै पीडित र पत्रकारको सुरक्षाबारे पनि जानकारी माग गर्दै आयोगले प्रहरीलाई शुक्रबार पत्रचार गरिएको विज्ञप्तिमार्फत जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "घटनाको अनुसन्धानका विविध पक्षको सम्बन्धमा सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न आयोगको निर्देशकको नेतृत्वमा तीन सदस्यी उच्चस्तरीय अनुगमन टवली गठन गरेको छ ।"

महरामाथि संसद सचिवालयकी महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । उनका अनुसार सोमबार साँझ तीनकुनेस्थित उनकै कोठामा पुगेका महराले बलात्कार प्रयास गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६  १९:१५
प्रतिक्रिया दिनुहोस्