site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन गाल्ने मेसिन किन्दैछ सरकार : राजनीतिक संलग्नताको आशंकाले अनुसन्धानमा असर पार्छ ? 

काठमाडौं । राजस्व अनुसन्धान विभागले भन्सार पास भइसकेको क्विन्टल सुन बरामद गरेपछि हाल नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको टक्सार महाशाखामा सुरक्षित राखिएको छ ।  उक्त सुन प्रकरणमा अहिले राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । 

दुईसाता बित्यो, अझै आएन ‘क्विन्टल सुन’ को तौल !

सुन भित्र्याउने समूहको गहिरो अनुसन्धानमा विभाग लागेको भए पनि बरामद सुन भने अहिलेसम्म गालिएको छैन । यसरी बरामद सुन गालेर यथार्थ जानकारी नदिँदा चौतर्फी आशंका गरिन थालिएको छ ।

‘ब्रेक सु’सहितको सुनको तौल १५५ केजी

महाशाखाले साउन ३ गते ‘ब्रेक सु’ सँगै आठवटा कार्टुन जोख्दा १५५ केजी तौल आएको थियो । ‘ब्रेक सु’ भित्र कति सुन छ भनेर अहिलेसम्म आधिकारिक तौल भने आउन सकेको छैन । यसले यो प्रकरण झन् रहस्यमय बन्दै गएको छ ।

सुन काण्डमा कसरी जोडियो महरा बाबुछोराको नाम ? 

विभागले त्यसपछि पनि रेडी ट्रेडको ‘ब्रेक सु’ राख्ने गोदाममा छापा मार्‍यो । गोदाममा सुन झिकिसकेका ‘ब्रेक सु’ फेला परेको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ । तर, यो प्रकरणको विषयमा विभागले आधिकारिक रूपमा कुनै पनि जानकारी दिएको छैन । 

क्विन्टल सुन तस्करी प्रकरण : ठमेलको एक होटेलमा सिलबन्दी

यति ठूलो संगठित अपराधमा विभागले औपचारिक जानकारी नदिनुले पनि आम जनमानसमा आशंका उब्जिएको छ । सिनामंगलबाट बरामद गरिएका सुनसहितका आठ कार्टुन ‘बे्रक सु’ टक्सारमा सुरक्षित राखिएको बताइएको छ । ती ‘ब्रेक सु’भित्र भएको सुन अहिलेसम्म गाल्ने प्रक्रिया अगाडि बढाइएको छैन । 

हङकङ भन्सारलाई नेपालको पत्र– ब्याट्री भनेर किन सुन पठाएको ? 

सुन गाल्न नयाँ मेसिन खरिद गर्दै सरकार

सुन गाल्न सरकारले नयाँ मेसिन किन्ने तयारी गरेको छ । हाल टक्सार महाशाखासँग एउटा मेसिन भएकोमा नयाँ मेसिन किन्ने तयारी थालिएको टक्सार महाशाखा स्रोतले जनाएको छ ।  एक क्विन्टल सुन प्रकरणमा राजनीतिक दलका नेताहरूको नाम जोडिन थालेपछि अहिले त्यसलाई विषयान्तर गर्न र सयम बढाउन नयाँ मेसिन खरिद गर्न लागिएको स्रोतको दाबी छ । 

सुन तस्करी प्रकरण : रेडी ट्रेडको गोदाममा छापा, एकजना पक्राउ

स्रोतका अनुसार सुन गाल्ने नयाँ मेसिन खरिद गर्ने प्रक्रिया अगाडि बढेको छ । 

“अहिले सुन गाल्ने नयाँ मेसिन किन्ने प्रक्रिया सुरु भएको छ । हामीसँग एउटामात्र मेसिन छ,” महाशाखा स्रोतले भन्यो, “यो मेसिनले सुन गाल्न समय लाग्ने भयो । त्यही भएर नयाँ मेसिन खरिद गर्न लागिएको हो ।” 

सुन तस्करी प्रकरण : भन्सारका तीन कर्मचारी निलम्बित

तर, स्रोतका अनुसार अहिले सत्ता गठबन्धनकै नेताहरूको हिमचिम सुन तस्करीसँग देखिएको खुल्न थालेपछि यो प्रकरण निष्कर्षसम्म पुग्न नसक्ने सम्भावना रहेको छ ।  “अहिले सोचेजस्तो सजिलो छैन । सुन प्रकरण राजनीतिक विषय हो । यसमा जे पनि हुन सक्छ । सुन गाल्ने कुरा पनि लम्बिन सक्छ,” स्रोत भन्छ ।

सुन तस्करी प्रकरण : अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन

पछिल्लो समय नेकपा (माओवादी केन्द्र)का उप–महासचिव तथा सांसद वर्षमान पुनको नाम सुन प्रकरणमा मुछिएपछि छानबिन गर्न संसदीय समिति बनाउन माग गर्दै आएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको पनि सुन तस्करीसँग कनेक्सन भएको तथ्य बाहिरिएको छ । 

'विमानस्थलभरि सुनै सुन' ! कहाँबाट आउँछ कहाँ जान्छ ?

यता नेकपा (एमाले)ले पनि सत्ता पक्षका नेता नै सुन प्रकरण मुछिएको भन्दै प्रतिनिधिसभा बैठक नै चल्न दिएको छैन ।  सुन प्रकरणलाई लिएर सत्ता पक्षकै सांसद र प्रतिपक्षका सांसदले पनि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका थिए ।

विमानस्थलबाट बरामद सुन टक्सारमा पुर्‍याइयो (तस्बिरहरू)

‘ब्रेक सु’मा सुन भित्र्याइँदा प्रमुख भन्सार अधिकृत थिए श्रीराम टण्डन, यी हुन् डिउटी अफिसर

सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना पक्राउ

बरामद भएको ६६ कार्टुनमा पनि सुन भएको आशंका !

पदाधिकारी बैठकमा वर्षमान पुन : सुन तस्करीमा उपाध्यक्ष महरा र मेरो नाम मुछ्ने काम भयो

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro