site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुईसाता बित्यो, अझै आएन ‘क्विन्टल सुन’ को तौल !

काठमाडौं । राजस्व अनुसन्धान विभागले भन्सार पार गरेर बाहिरिँदै गरेको पार्टस्भित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा साउन ३ गते सुन बरामद गरेको थियो ।  बरामद गरेको स्कुटरको ब्रेक शु भित्र करिब ‘क्विन्टल सुन’ भएको अनुमान छ ।

सुन बरामद गरेको दुई साता बित्न लाग्दासमेत विभागले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । धारणामात्रै नभएर विभागले सुनको समेत तौल लिएको छैन । विभागका महानिर्देशक नवराज ढुंगानाले अनुसन्धान प्रक्रियामै भएकाले धेरै कुरा भन्न नमिल्ने बताए । 

तौलको बारेमासमेत केही दिन अझै लाग्ने उनको धारणा छ ।

“हामीले पक्राउ परेकामाथिको अनुसन्धानलाई तीव्र पारेका छौँ । त्यसकारण सुन तौलमा ढिलाइ भएको हो । केही दिनभित्रै तौल हुन्छ । हामीले सुनको तौल लिँदा अधिकमात्रामा पारदर्शी होस् भन्ने चाहेका छौं,” महानिर्देशक ढुंगानाले भने ।

सुनको तौल लिँदा सबै कुरा सार्वजनिक होस् भन्न लाइभको तयारी गरिएको उनको भनाइ छ ।
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro