site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना पक्राउ

काठमाडौं । राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी भइरहेको छ ।  पक्राउ परेकाको पहिचान खुलाइएको छैन ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुईजना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चारजना पक्राउ गरिएको ढुङ्गानाले बताए । 

सुन हङकङबाट ल्याइएको खुलेको उनले बताएको राससले जनाएको छ । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । “तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ,” उनले भने । 

क्याथे प्यासिफिक जहाजबाट उक्त सुन नेपाल आएको थियो । हङकङबाट चारदिन अघि नै उक्त सामान आएको र मंगलबार भन्सार पास भएको स्रोतले जानकारी दिएको छ ।

“१५ तारिखमा आएको रहेछ,” स्रोतले भन्यो, “बुधबार बाहिर निस्कियो । १६० वटा ब्रेक प्याड हो । विशेष तरिकाले लुकाएर ल्याएको भन्ने छ । विशेष सूचनाका आधारमा आज बरामद गरिएको हो ।”

स्रोतले दिएको जानकारीअनुसार जम्मा १४५ केजी ब्रेक प्याडको कूल नेट वेट भएको छ । त्यसमा बढीजसो सुन रहेको देखिएको स्रोतले जानकारी दियो ।

नेपालमा बरामद भएको यो परिणाम अहिलेसम्मकै बढी हो । रेडी ट्रेड लिंक बूढानीलकण्ठको नाममा उक्त सामान आयात भएको देखिएको स्रोतले जानकारी दियो । बरामद भएको सुन छुट्टयाएर तौल लिने काम जारी रहेकाले ठ्याक्कै परिणाम भन्न नसकिने स्रोतले जानकारी दियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro