site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंका नगरप्रहरी प्रमुख राजु पाण्डे निलम्बित

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् । पाण्डेले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेको महानगर स्रोत बताउँछ ।

"उहाँ (राजु पाण्डे)लाई प्रमुख प्रशासकीय अधिकृतज्यूले निलम्बन गर्नुभएको हो । उहाँले बुझाउनुभएको स्पष्टीकरण चित्तबुझ्दो आएन भन्ने छ," स्रोत भन्छ ।

Argakhachi Cement Island Ad

अब पाण्डेलाई जिम्मेवारीबाटै हटाउन प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिका बैठकमा सिफारिस गर्नुपर्छ ।

सम्बन्धित समाचार

 
 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्