site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बरामद भएको ६६ कार्टुनमा पनि सुन भएको आशंका !

काठमाडौं । राजश्व अनुसन्धान विभागले बुधबार बेलुका ठमेल क्षेत्रको एक घरबाट बरामद गरेको ६६ कार्टुनमा पनि सुन भएको हुन सक्ने आशंका गरिएको छ । विभागका एक अधिकारीले दिएको जानकारीअनुसार सुन रहेको आशंकामा नै ती कार्टुन बरामद भएको हो ।

विभागका महानिर्देशक नवराज ढुंगानाले बाह्रखरीसँग कुरा गर्दै भने, “हामीले ६६ कार्टुन बरामद गरेका छौँ, त्यसभित्र के छ भन्ने अनुसन्धान भइरहेको छ ।”

विभागको टोलीले बुधबार नै बालुवाटारमा रहेको चिनियाँ नागरिकको गोदामबाट सुन गाल्ने मेसिन बरामद गरेको थियो । पक्राउ परेका भारतीय नागरिक थुप्तेन छिरिङ र चिनियाँ नागरिक जेक्युयाङ लीनको बयानका आधारमा अनुसन्धान गर्दा सुन गाल्ने मेसिन भेटिएको थियो ।

साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पास भएर बाहिरिएको ब्रेक शु बरामद गरेको थियो । त्यसभित्र करिब एक क्विन्टल सुन रहेको आशंका गरिएको छ । बरामद भएका ब्रेक शु बाट सुन निकालेर नेपाल राष्ट्र बैंकको टक्सार विभागमा लगिएको छ ।

त्यहाँ सुरक्षित राखिएको सुन शुक्रबार या आइतबार तौल लिने तयारी गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro