site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
सिड्नी फेस्टिभलमा ‘पूजा सर’

अस्ट्रेलिया । दीपक रौनियारको निर्देशन रहेको चलचित्र ‘पूजा सर’ अहिले सिड्नी फिल्म फेस्टिभलमा छ । 

आशा मगराती, दयाहाङ राई, विजय बराललगायत कलाकार मुख्य भूमिकामा रहेको चलचित्र ‘पूजा सर’ सिड्नी फिल्म फेस्टिभलका लागि करिब पाँच हजार चलचित्रबाट छनोट भएर २०० मा अटाएको थियो । 

Argakhachi Cement Island Ad

४ जुन देखि १५ जुनसम्म चल्ने सिड्नी फिल्म फेस्टिभलमा बिहीबार ‘पूजा सर’ पहिलोपटक प्रर्दशन भएको छ । सिड्नीको इभेन्ट सिनेमामा ठूलो संख्यामा रहेका दर्शकबीच यो चलचित्र प्रदर्शन भएको थियो । 

यो चलचित्र नेपालको मधेसको तत्कालीन आन्दोलनलाई केन्द्रमा राखेर निर्माण गरिएको छ । 

शनिबार स्टेट थिएटरमा यो चलचित्रको दोस्रो रिलिज हुनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्