site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ब्रेक सु’मा सुन भित्र्याइँदा प्रमुख भन्सार अधिकृत थिए श्रीराम टण्डन, यी हुन् डिउटी अफिसर
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय हुँदै भित्र्याइएको ठूलो परिमाणको सुन बुधबार बरामद गरियो । राजस्व अनुसन्धान विभागको टोलीले सो सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् ।

मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’मा राखेर सुन भित्र्याइँदा डिउटीमा भन्सार अधिकृत सन्तोष चन्द थिए । उनीसँगै जाँचकीका रूपमा खरिदार कुमार ढकाल डिउटीमा थिए । डिउटीमा भए/गरेका कामको जाँचपास गर्नेमा भने प्रमुख भन्सार अधिकृत एवं उपसचिव श्रीराम टण्डन थिए ।

यस्तै, एक्सरे टेक्निसियनमा सरोज श्रेष्ठ रहेको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार उपसचिव टण्डन भन्सार कार्यालयमा हालै आएका नयाँ कर्मचारी हुन् । उनले भन्सार अधिकृत चन्द र जाँचकी ढकालले गरेका कामको अन्तिम स्वीकृति दिएका थिए ।

“श्रीराम टण्डन सर उपसचिव लेबलको प्रमुख भन्सार अधिकृत हो । उहाँ भरखरै आउनुभएको हो । तर, उपसचिव लेबलको कर्मचारीले प्याकेट खोलेर चेक गर्न सक्ने अवस्था हुन सक्दैन,” स्रोतले बाह्रखरीसित भन्यो, “मुख्य जिम्मेवार जाँचकी हुन्छ । जाँचकीले पनि सामान खोलेर हेरेको सीसीटीभीमा देखिन्छ । के कारणले त्यस्तो हुन गयो भनेर अनुसन्धानबाट थाहा होला ।”

उक्त प्रकरणमा भन्सार विभागले बिहीबार अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले पाँच दिनभित्र अध्ययन गरेर प्रतिवेदन बुझाउनेछ ।

छानबिन समितिले आजैदेखि काम सुरु गरिसकेको छ । समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो गोदामबाट बुधबार करिब १०० किलो सुन कसरी बाहिरियो भन्ने सम्बन्धमा छानबिन गर्नेछ ।

समितिले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई प्रतिवेदन बुझाउनेछ । त्यसपछि दोषी देखिएकालाई कारबाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro