site stats
बाह्रखरी :: Baahrakhari
देश
सार्वजनिक यातायात ठप्प, यात्री मर्कामा

काठमाडौं । काठमाडौंसहित देशका अधिकांश स्थानमा सोमबार (जेठ १९) बिहानैदेखि सार्वजनिक यातायात ठप्प छ । लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चलाइएको छैन । गाडी नचलाइँदा सार्वसाधारण मर्कामा परेका छन् ।

अस्पताल जानुपर्ने बिरामी, उनीहरूका आफन्त, कार्यालयतिर हिँडेका कर्मचारी, कामविशेषले गन्तव्यतर्फ लागेका यात्रीसहितका सर्वसाधारणलाई गाडी ठप्प हुँदा सास्ती भएको छ । सार्वजनिक यातायात नचलाइँदा कतिपय विद्यालय समेत बन्द गरिएको छ ।

Argakhachi Cement Island Ad

काठमाडौंमा साझा यातायात भने गुडिरहेको देखिएको छ । ठाउँठाउँमा यात्री सार्वजनिक सवारीसाधनको प्रतीक्षामा देखिएका छन् ।

सार्वजनिक यातायात बचाऊ केन्द्रीय संघर्ष समितिको आह्वानमा देशभरका उक्त गाडी बन्द गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । समितिले सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्क्याएर विरोध गर्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’का नाममा निजी प्रयोजनका निम्ति खरिद गरिएका सवारीसाधनलाई भाडाका सवारीसरह प्रयोग गर्न दिने गरी ल्याएको कानुन खारेज गर्नुपर्ने व्यवसायीको मुख्य माग छ ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्