site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हङकङ भन्सारलाई नेपालको पत्र– ब्याट्री भनेर किन सुन पठाएको ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत साउन ३ गते बरामद गरिएको करिब एक क्विन्टल सुनका सम्बन्धमा भन्सार विभागले हङकङ भन्सारलाई पत्र लेखी अनुसन्धानमा सघाउन आग्रह गरेको छ । 

हङकङ भन्सारले पत्रको जवाफ पठाउँदै अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको छ । 

“हामीले सिधै हङकङ भन्सारलाई पत्र लेखी यति ठूलो मात्रामा सुन अवैध तरिकाले कसरी त्यहाँबाट काठमाडौं आयो भनि सोधेका छौँ,” भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बाह्रखरीसँग भने । 

Prabhu Bank
Agni Group
NIC Asia

विभागले हङकङ भन्सारलाई पत्र गत मंगलबार पठाएको हो । 

हङकङ हुँदै ‘ब्रेक सु’मा आएको करिब एक क्विन्टल सुन यही साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट उक्त सुन पास भइसकेपछि उक्त सुन बरामद गरिएको थियो । त्यसपछि भन्सार विभागले हङकङ भन्सारलाई सुन तस्करीका विषयमा सघाउन पत्रमार्फत अनुरोध गरेको हो । 

Global Ime bank

“यति ठूलो मात्रामा सुन हङकङ भन्सारबाट किन पठाइयो ? किन राम्रोसँग जाँच भएन ? हङकङ भन्सारको एक्सरे मेसिनले किन थाहा पाएन ? सुन तस्करहरूलाई सहयोग हुनेगरी सामान किन पठाइयो ? जस्ता प्रश्न हामीले हङकङ भन्सारसँग सोधेका छौँ,’ महानिर्देशक पौडेलले भने । 

हङकङबाट उक्त सुन नेपाल ल्याउँदा मेनिफेस्टोमा ‘लिड विथआउट ब्याट्री’ लेखिएको छ भने अन्य कागजातमा ‘ब्रेक सु’ । 

“लिड विथआउट ब्याट्री भनेर किन सुन पठाएको ? भनि हामीले हङकङ भन्सारलाई सोधेका छौँ,” महनिर्देशक पौडेलले भने । 

भन्सार विभागले पठाएको पत्रको जवाफ हङकङ भन्सारले आज पठाएको छ । पत्रमा एक क्विन्टल सुन तस्करीका विषयमा भइरहेको अनुसन्धानमा सघाउने प्रतिबद्धता हङकङ भन्सारले जनाएको छ । 

“हङकङ भन्सारले हामीसँग एयर वे बिल (पूर्ण विवरण) मागेको छ । यो भनेको जहाजबाट सामान ल्याउँदाको सम्पूर्ण कागजात हो,” महानिर्देशक पौडेलले स्पष्ट पारे । 

एयर वे बिलका आधारमा हङकङ भन्सारले थप अनुसन्धान गर्ने र अनुसन्धानबाट देखिएका कुराहरू भन्सार विभागसँग सेयर गर्ने उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय