site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन तस्करी प्रकरण : भन्सारका तीन कर्मचारी निलम्बित
फाइल तस्बिर ।

काठमाडौं । करिब १०० किलो सुन तस्करी प्रकरणमा तीन कर्मचारीलाई निलम्बन गरिएको छ । निलम्बित कर्मचारीमा एक्सरे हेर्नेदेखि भन्सार अधिकृतसम्म छन् ।

गएको बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा डिउटीमा खटिएका ती कर्मचारीलाई निलम्बन गरिएको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।

एक्सरे हेर्ने सरोज श्रेष्ठ, जाँचकी एवं खरिदार कुमार ढकाल र भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको उनले बताए । उनका अनुसार श्रेष्ठ र ढकाल बिहीबारै निलम्बनमा परेका हुन् । विभागको सिफारिसमा अर्थ मन्त्रालयले अधिकृत चन्दलाई शुक्रबार निलम्बन गरेको उनले जानकारी दिए ।

“विभागबाट तीनैजनाको निलम्बनको टिप्पणी एकैपटक उठाइएको हो । दुईजना (सरोज श्रेष्ठ र कुमार ढकाल)लाई अस्तिकै दिन निलम्बन गरिएको थियो,” उनले बाह्रखरीसित भने, “अधिकृतलाई विभाग आफैँले निलम्बन गर्न सक्दैन । मन्त्रालयले हिजो निलम्बन गरेको हो ।”

राजस्व अनुसन्धान विभागको टोलीले सो सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । सो प्रकरणमा हालसम्म चिनियाँ नागरिकसहित १० जना पक्राउ परेका छन् ।

घटना सम्बन्धमा भन्सार विभागबाट ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई पाँच दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । सो प्रतिवेदनपछि थप कुरा खुल्ने सूचना अधिकारी खड्काले बताए ।

बुधबार बरामद गरिएको सुन काठमाडौंको बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्कार महाशाखाको ढुकुटीमा राखिएको छ ।

राजस्व अनुसन्धान विभागका अनुसार हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याइएको थियो । रेडी ट्रेडलिंक बूढानीलकण्ठका नाममा सो सुन ल्याइएको थियो । अनुमानित १०० किलो सुन बरामद गरिएको विभागले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro