site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ब्रेक सु’सहितको सुनको तौल १५५ केजी

काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको ‘ब्रेक सु’सहितको तौल लिइएको छ । 

राजस्व अनुसन्धान विभागले मोर (लाहाछापा) लगाएर ल्याएका आठ पोकाको तौल १५५ केजी ४६८ ग्राम रहेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले बताए ।

“हामीले आठवटै पोकाको जेजस्तो छ त्यही रूपमा तौल लिएका छौँ । राजस्व अनुसन्धान विभागबाट मोर लगाएका आएका आठवटा पोकाको तौत १५५ केजी ४६८ ग्राम रहेको देखियो,” उनले भने, “यो ब्रेक सुलसहितको तौल हो । सुन कति छ भनेर ब्रेक सुल निकालेर मात्र थाहा हुन्छ । अब विभागबाट पत्र नआई केही थाहा हुँदैन ।”

महाशाखाले अहिले ढुकुटीमा पोका राखिसकेको छ । त्यसका लागि विभाग र महाशाखाबीच आपसी सम्झौता पनि भइसकेको आचार्यले बताए । अब आवश्यक परे विभागले नै पत्र लिएर आई पोकाभित्र रहेको सुन परीक्षण गर्नसक्ने पनि उनले जानकारी दिए ।

रेडी ट्रेड लिंक बूढानीलकण्ठका नाममा हङकङबाट सो सुन ल्याइएको थियो । विभागकै टोलीले सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् ।

मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको विभागले जनाएको छ । अनुमानित १०० किलो सुन बरामद गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro