site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुन काण्डमा कसरी जोडियो महरा बाबुछोराको नाम ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नाटकीयरूपमा तस्करी भएको सुन काण्डमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबादुर महरा र उनका छोरा राहुल महराको नाम जोडिएको छ । उनीहरूविरुद्ध मुद्दा भने चलाइएन ।

गएको पुस १० गते दुबईबाट आएको ‘इलेक्ट्रिक सिगरेट’ (भेप) एक महिना १९ दिनसम्म त्रिभुवन विमानस्थलको आगमन कक्षमा रोकिन्छ । भेपलाई २९ माघमा भन्सार कार्यालयले जफत गर्छ र स्टोरको १११ नम्बर कोठामा थन्क्याउँछ । त्यसपछि नै तस्करले 'सुरक्षित रूपमा' सुन भित्र्याउन थालेको अनुसन्धानले देखाएको छ ।

भेपको लिलामीका विषयमा पनि भन्सार कार्यालयले छलफल गर्छ । तर, स्वास्थ्यमा प्रतिकूल असर गर्ने वस्तु बिक्री गर्न नहुने निष्कर्ष निकाल्छ । नष्ट गर्ने योजना बनाइन्छ । भेप हेर्ने जिम्मेवारी नायब सुब्बा रेवन्त खड्कालाई तोकिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नासु खड्कासँग मिलेर भन्सार एजेन्ट दिनेश बस्नेतले सुन गायब पार्छन् । त्यहाँ अर्कै भेप बट्टामा भरेर राखिन्छ । दुबईबाट आएको ७३ कार्टुन भेपमा प्रतिप्याकेट १० वटाका दरले ७३० वटा भेप थिए । त्यतिकै संख्यामा भन्सारको कोठामा अर्को भेप थन्क्याएर सुन गायब भएपछि भन्सारले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई गुहारेको थियो ।

त्यसपछि सीआईबीले अनुसन्धान थालेको थियो । उसको अनुसन्धानले ९ जना तस्करीमा संलग्न भएको निष्कर्ष निकालेको थियो । ६ जना पक्राउ परे बाँकी तीनजना अझै फरार छन् । 

Global Ime bank

विमानस्थल भन्सार कार्यालयका नासु खड्का र भन्सार एजेट बस्नेतको सहकार्यमा इलेक्ट्रिक सिगरेटका ठाउँमा अर्कै सामान लगेर राख्दै सुन भएको इलेक्ट्रिक भेप गायब पारिएपछि भन्सार विभागमा खैलाबैला मच्चिएको थियो । 

भन्सार विभागका प्रमुख भन्सार प्रशासक अरूणकुमार पोखरेलले भन्सार एजेन्ट बस्नेतलाई गायब भएको सामान जस्ताकोतस्तै फर्काउन भनेको सरकारी वकिलको प्रतिवेदनमा उल्लेख छ । तर, दिनेशबाट जवाफ आउँछ– सामान बजारमा बिक्री भइसक्यो । फिर्ता गर्न सम्भव छैन ।

त्यसपछि पोखरेलले सीआईबीमा जाहेरी दिन्छन् । सीआईबीले नासु खड्का, बस्नेत, वेदप्रकाश अग्रवाल, साहेवराव पाण्डुरङ मगर, अमृत कार्की, निर्मलकुमार बिक, दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा तस्करीमा संलग्न भएको निस्कर्ष निकाल्छ । त्यसपछि अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं प्रतिवेदन बुँझाउँछ । अहिले दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा फरार छन् । बाँकी सबै हिरासतमा छन् ।

००० ०००

पूर्वसभामुख महरा भन्सारका सुब्बा खड्कासँग बारम्बार फोन सम्पर्कमा रहेको देखिन्छ । अर्थ, गृह, सञ्चारसहितका मन्त्रालयको नेतृत्व गरिसकेका महराले भन्सारका नासुसँग पटकपटक त्यही समयमा सम्पर्क गर्नुले गम्भीर प्रश्न खडा गरेको छ । उनीमात्र होइन उनका छोरा राहुलले पनि पटकपटक फोन सम्पर्क गरेको देखिएको छ ।  उनीहरूसँगै सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक र उनका नेपाली चालकको पनि सम्पर्क भएको देखिन्छ ।

तर, सीआईबीको अनुसन्धानमा खुल्न नसकेकाले हो वा राजनीतिक प्रभावमा महरा बाबुछोरालाई जोगाइयो भन्नेमा जिल्ला सरकारी वकिल कार्यालय यकिन हुन सकेको छैन । 

“हुन त इलेक्ट्रिक चुरोटमा राखेर भएको सुन तस्करीमा बयानमा आएका १५/२० जना कसैले पनि कृष्णबहादुर महरा र राहुल महराको नाम लिएको भेटिएनको छैन । फोन अरू नै प्रयोजनबाट हुँदा शंका हुने समयमा परेको पनि हुन सक्छ,” जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकृतले बाह्रखरीसँग भने, “तर, बाबु छोराकै त्यही समयमा कसरी बारम्बार फोनमा कुराकानी भयो, उनीहरू लामोसयमदेखि सम्पर्कमा रहने व्यक्ति हुन् वा होइनन् । उनीहरूको व्यक्तिगत घनिष्टता हो वा यस्तै कारोबारको सम्बन्ध हो भन्ने जस्तो विषयहरू भने अनुसन्धान आवश्यक ठानिनुपर्ने हो ।”

ती अधिकारीका अनुसार सीआईबीले अनुसन्धानबाट पुष्टि हुन सकेमा पछि पनि मुद्दा चलाउने भनेर प्रतिवेदन बुझाएको छ ।

“हामीले अभियोजनका क्रममा पनि मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३५ अनुसार मुद्दा कायम रहँदै पूरक अभियोजन गर्न सकिने भनेर लगेका छौँ,” ती अधिकारीले भने । 

“कुनै मुद्दा अदालतमा दायर भइसकेपछि त्यस्तो मुद्दामा अन्य सम्बद्ध थप प्रमाणहरूबाट मुद्दा दायर भइसकेका अभियुक्तबाहेक अन्य अभियुक्तहरू उपरसमेत दाबी लिन पर्ने भएमा वा मुद्दा दायर भई अभियुक्त कायम भई सकेका व्यक्तिउपर थप अभियोग लगाउनुपर्ने देखिएमा त्यसको कारण खुलाई थप अनुसन्धान गर्न लगाई अन्य थप अभियुक्तको हकमा समेत थप दावी लिई सरकारी वकिलले मुद्दा दायर गर्न सक्ने छ,” मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३५ मा भनिएको छ । 

यो दफाले महरामाथि छानबिन गर्न राज्य तयार भए अझै पनि मुद्दा चलाउन सकिने बाटो खोलिदिएको छ । तर, प्रमाण जुटाउने अुनसन्धान अधिकारी (प्रहरी)ले प्रमाण नल्याउँदासम्म अभियोजनकर्ता (सरकारी वकिल) कार्यालयका अधिकारीले मुद्दा चलाउन सक्ने छैनन् । 

फोन सम्पर्कमा बारम्बार देखिएका महरा बाबुछोरा अहिलेसम्म अनुसन्धानमा तानिएका छैनन् । हिरासतमा रहेका भन्सार एजेन्ट दिनेश बस्नेतले सुन ९ किलो रहेका बयान दिएका छन् । त्यसकै आधारमा प्रहरीले ९ किलो नै सुन तस्करी भएको प्रतिवेदन बुझाएको छ ।

“अनुसन्धान अधिकारीले ९ किलो भनेपछि त्यसैअनुरूप बिगो र जरिबाना मागदाबी हुने भयो,” अभियोजन अधिकारीले बाह्रखरीसँग भने, “तर, सुन कति थियो र कहाँ कहाँ गयो भन्ने आधिकारिक सूचना कसैसँग छैन ।”

पुस १० मा दुबईबाट आएर माघ २९ मा भन्सारको १११ नम्बर कोठामा थन्क्याइएको सुनबारे ०८० साल वैशाखमा मात्र सीआईबीमा उजुरी भएको देखिन्छ । 

अनुसन्धानका क्रममा नासु खड्काको निर्देशनमा उनका आफन्तहरू प्रेरणा थापा, गंगा थापा, समरबहादुर थापासमेतका नाममा बैंकमा पैसा जम्मा भएको देखिन्छ । त्यसमध्ये ३५ लाख उनले कसैले नसोधी जम्मा गरिदिएको भनेर राजस्व दाखिला गराइसकेका थिए । बाँकी ३० लाख मुद्दतीमा राखेकाले निकाल्न नसकेपछि उक्त खाता रोक्का भएको छ । 

त्यसबाहेक तस्करीमा संलग्न दिनेश बस्नेतसहितको लगानी रहेको डेक्टर टुर्स एन्ड ट्राभल प्रालिको खातामा ८० लाख जम्मा गरेको पाइएको छ । यस्तै, दिनेशका ससुरा नाताका रामकेशव थापाका नाममा भक्तपुरको ठिमी नगरपालिका–१७ मा कित्ता नम्बर ९७३ को जग्गा दुई करोड ९५ लाखमा खरिद गरेको देखिएको छ । रामकेशवको कागजबाट समेत उक्त कुरा पुष्टि भएको भन्दै संगठित अपराध निवारण ऐनअनुसार कारबाही चलाउन सीआईबीले सिफारिस गरेका छ ।

भन्सारका नासु खड्काले भने दिनेशले सुन ६ करोडमा बिक्री गरेको बताएको बयान दिएका छन् । 

वैशाख २६ मा जाहेरी परेपछि सीआईबीले वैशाख ३१ बाट अनुसन्धान अघि बढाएको थियो । सीआईबीले प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत असार २७ गते मुद्दा दायर गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement