site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित, बजेट ल्याउन मार्ग प्रशस्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । शनिबारको बैठकबाट नीति कार्यक्रम पारित गरिएको हो ।

त्यसअघि, सांसदहरूले विभिन्न विषयमा उठाएका प्रश्नहरूको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेका थिए । ७ गतेदेखि त्यसमाथि छलफल गरिएको थियो ।

सांसदहरूले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पनि दर्ता गराएका थिए । शनिबारको बैठकमा उक्त संशोधन प्रस्ताव निणयार्थ पेस गरिएको थियो । बैठकबाट त्यसलाई अस्वीकार गरियो ।

Global Ime bank

त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो । लगत्तै सभामुख देवराज घिमिरेले नीति कार्यक्रम बहुमतबाट पारित भएको घोषणा गरे ।

योसँगै सरकारलाई बजेट ल्याउन मार्ग प्रशस्त भएको छ । हरेक वर्ष जेठ १५ गते सरकारको वार्षिक बजेट संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट यसअघि नै पारित भइसकेको छ ।

नीति तथा कार्यक्रम पारितसँगै प्रतिनिधिसभाको बैठक आइतबार (भोलि) दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  २१:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !