site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री भन्छन्– नीति कार्यक्रममा सम्झौताको मान्यताबाट अघि बढ्नुपर्ने बाध्यता आयो  
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रम ल्याउने विषयमा परम्परागत शैलीमा परिवर्तन गर्न नसकेको स्वीकार गरेका छन् ।

नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले अहिले कार्यशैलीमा परिवर्तन गर्न सम्भव नभएको बताए । समयको चापका कारण नीति तथा कार्यक्रममा आफू सम्झौताको मान्यताबाट अघि बढ्नुपर्ने बाध्यतामा पुगेको उनले सुनाए ।

Prabhu Bank
Agni Group
NIC Asia

“तीनवटा विचारहरु यहाँ प्रस्तुत भएका छन् । आलोचनात्मक राख्नुभएको छ । एउटा भनाइ आएको छ– यो कर्मकाण्डी छ, यसले देशको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक समस्या समाधान गर्दैन भन्ने कोणबाट आएको छ । परम्परको सिकार भएको छ, हरेक वर्ष आउँछ, सुन्दा राम्रो सुनिन्छ, व्यवहारमा कार्यान्वयन त्यसरी हुँदैन भन्नुभएको छ,” उनले भने, “राजतन्त्र हुँदा राजाको मुखबाट पढाइन्थ्यो, अहिले राष्ट्रपतिबाट पढाइन्छ, त्यो परम्परागत हुन्छ भन्नेमा म सहमत हुन्छु ।”

उनले थपे, “यसपटक मैले कोसिस गरेँ । परम्परागतभन्दा भिन्न छोटो र अहिलेको देशको समस्या ठोस र मूर्त रूपमा सम्बोधन गर्ने गरी तयार पार्दा के होला भनेर सोचेँ र राजनीतिकवृत्तमा पनि छलफल गरेँ । तर, काम गर्ने शैलीमा ठूलो परिवर्तन ल्याउन सम्भव नभएको र समय चापको कारण बाध्यता प”यो ।”

Global Ime bank

उनले नीति तथा कार्यक्रम कर्मकाण्डी मात्र भएको स्वीकार गरे । प्रतिपक्ष दलहरूले पनि नीति तथा कार्यक्रमलाई समर्थन गर्नुपर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement