site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डको प्रश्न– प्रधानमन्त्रीमा एमालेको लगानी छ भनेर किन नमान्ने ?

काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले सरकाको नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको आधारमै ल्याइएको बताएका छन् । नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

“प्रमुख प्रतिपक्ष दलको नेतालाई पनि सम्झना छ, मैले त्यो प्रस्ताव पहिलो गठबन्धनको साझा न्यूनतम कार्यक्रममा आधारित भएर बोलेर तल झर्दा हिस्टोरिक एन्ड एक्सिलेन्ट भन्नुभएको थियो, म ऊर्जावान् भएको थिएँ,” उनले भने, “केही समयपछि दोस्रो गठबन्धन बन्यो । अर्को साझा न्यूनतम कार्यक्रम बनाइयो । पहिलो साझा न्यूनतम कार्यक्रमको राम्रो कुरा समावेश गरेर बनाउनुपर्छ भनेर हामीले बनाइयो । त्यसकारण यो नीति कार्यक्रम दुवै गठबन्धनको साझा न्यूनतम कार्यक्रमको हो भन्न चाहन्छु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले नेकपा (एमाले)सहितको तत्कालीन गठबन्धनबाट आफू प्रधानमन्त्री बनेको उल्लेख गरे । सोही कारण प्रधानमन्त्रीमा एमालेको लगानी छ भनेर किन नमान्ने भन्दै उनले प्रश्न समेत गरे ।

“संसदीय परम्परामा शतप्रतिशत माननीयहरूको विश्वासको मत ९९ दशमलव २५ सहितको समर्थन प्राप्त हुने सौभाग्य प्राप्त भयो,” उनले भने, “प्रधानमन्त्री भएको पहिलो गठबन्धनले बनेको हो । यो प्रधानमन्त्रीमा आफ्नो पनि लगानी छ भनेर किन नमान्ने ? पोजेटिभ हिसाबले किन नहेर्ने ? नेतृत्वको हिसाबले सामूहिक लगानीमा बनेको किन नभन्ने ?”

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्