site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कर्णाली, मेरो प्यारो कर्णाली
Argakhachi Cement Island Ad

कर्णाली कर्णाली भनेर मात्र 
के गर्छौ ? 
खान नपाउने कर्णाली
लाउन नपाउने कर्णाली 
पिछडिएको कर्णाली ! 
सुदूरमा कर्णाली 
विकटमा कर्णाली 
कति भयो यस्तो भनेको
सबैले भनेको 
नेताले पनि त्यही, कार्यकर्ताले पनि त्यही 
कर्णाली पिछडियो, कसैले हेरेन 
किन भयो त्यस्तो कर्णाली ?
कसैले सोच्दैन कर्णाली 
मात्र नामले जानेको छ कर्णाली 
त्यसरी हुँदैन 
नामले कर्णाली  
जानेको त्यत्ति हो ? 
मात्र उच्चारणमा कर्णाली
नामले मात्र नहुने, काम कसैले नगर्ने 
पिछडिएको पिछडियै कर्णाली 
यसै देशको नक्सामा छ कर्णाली 
बाहिरबाट आएकाले झैँ 
किन अचम्मले नाम लिइन्छ
कर्णाली ?
केही गम्भीर सोच कर्णाली 
बजेटमा सोच, सडकमा सोच 
विद्युत्मा सोच, अरूमा पनि सोच
कर्णाली मात्र भाषणमा होइन 
कार्यान्वयनमा सोच !  
 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  ०६:३६
प्रतिक्रिया दिनुहोस्