site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले भने– सोसल मिडियामा अराजकता छ, फोटोहरू हेर्न नसकिने हुन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा प्रयोग गरिने भाषा र टिप्पणी शैलीप्रति कटाक्ष गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले सामाजिक सञ्जालमा तल्लोस्तरको भाषा प्रयोग गर्ने गरिएकाले यसको नियमन र नियन्त्रण आवश्यक रहेको बताए ।

“अहिले समाजमा, मिडियामा, त्यसमाथि पनि सोसल मिडियामा एकखालेको अराजकता हो कि भन्ने हामीलाई भान हुन्छ,” उनले गुनासो गरे, “त्यहाँ प्रयोग भएको भाषाशैली र प्रयोग गरेको कतिपय कुराहरू हेर्न पनि सकिँदैन, सुन्न पनि सकिँदैन ।”

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा प्रयोग गरिने तस्बिर तल्लोस्तरको तथा सुन्न र हेर्नै नसिकने खालको हुने बताए ।

“अझ सोसियल मिडियाको कुरा गर्ने हो भने कैयौँ समाचारहरू र कैयौँ कुराहरू सत्य हुुँदैनन्, कपोकल्पित हुन्छन् । त्यहाँ प्रयोग भएको भाषा धेरै तल्लोस्तरको, सुन्न नसकिने हुन्छ । त्यहाँँ प्रयोग भएको फोटोहरू हेर्न नसकिने हुन्छ ।”

आफू अहिले अध्ययनमा रहेको भन्दै उनले छिमेकी र उन्नत देशहरूले सामाजिक सञ्जाललाई कसरी नियमन र नियन्त्रण गरेका छन् भन्ने बुझिरहेको बताए । उनले स्वतन्त्रताको नाममा अराजकता बढेको जिकिर गरे ।

“हामी मात्र त्यस्तो अवस्थामा छौँ, हाम्रो भाषाशैलीलाई अलिकति सुसंस्कृत गर्नुपर्ने,” उनले थपे, “हाम्रो मिडियालाई एउटा मान्यताभित्र अभ्यस्त हुने ठाउँमा पुर्‍याउन सक्नुपर्ने देखिन्छ । त्यसको सुरुआत हामीले सदनभित्रबाटै गर्नुपर्छ ।”

संसद्मा नेताहरूले प्रयोग गर्ने भाषाले समाजलाई प्रभाव पार्ने उनले उल्लेख गरे । आफूहरू सबैले विगतमा गल्ती गरेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro