
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको तथा कोसी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेका कारण वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया मौसम सफादेखि आंशिक बदली रहनेछ ।
कोसी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।
कोसी प्रदेशका थोरै स्थानमा तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।