site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भन्नेमा सरकार प्रस्ट छ : प्रधानमन्त्री
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकार प्रस्ट रहेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले थाती रहेको सीमा विवादलाई ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक पहलबाट समाधान गरिने बताए ।

“लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकार प्रस्ट छ,” उनले भने, “थाती रहेको सीमा विवादलाई ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणको आधारमा कूटनीतिक पहलबाट समाधान गर्न सरकार दृढ छ ।”

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्