site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था छिट्टै गर्छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा बस्ने नेपाली नागरिकलाई पनि मताधिकारको व्यवस्था गरिने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले विदेशमा बस्ने नेपाली नागरिकलाई चाँडै यो अवसर सिर्जना गरिने बताए ।

Argakhachi Cement Island Ad

“छिट्टै नै विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानमा सहभागी हुन पाउने निर्णय हामी गर्र्दै छौँ,” उनले भने ।

प्रधानमन्त्री प्रचण्डले नागरिकतासम्बन्धी समस्या पनि चाँडै समाधान गरिने बताए ।

सामाजिक सुरक्षा कोषमा विदेशी श्रमिकलाई आबद्ध गर्ने कार्यलाई विस्तार गरिने उनले जानकारी गराए ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्