site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नागरिकता विधेयक प्रमाणीकरण हुन्छ भन्ने विश्वास छ : प्रधानमन्त्री प्रचण्ड 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा उनले अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले दुईपटक ‘होल्ड’ गरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपतिले प्रमाणीकरण गरेर समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

Dabur Nepal
NIC Asia

उनले मन्त्रिपरिषद्बाट उत्पत्ति भएको विधेयक मन्त्रिपरिषद्कै निर्णयबाट पुनः प्रमाणीकरणका लागि पठाइएको बताए ।

“दुवै सदनबाट पारित भएर राष्ट्रपतिकोमा पुगेको र राष्ट्रपति कार्यालयमाा होल्ड भएर बसेको थियो । खारेज गर्ने प्रावधान पनि संविधानमा थिएन । फिर्ता गर्ने प्रावधान पनि थिएन,” उनले भने, “होल्डमा रहेको भएकाले समाधान कसरी गर्ने भन्दा जहाँबाट उत्पति भएको त्यसैले खोजी गर्नु नै सबैभन्दा वस्तुवादी र वैज्ञानिक हुन्छ भन्ने निष्कर्षसहित उत्पति क्याबिनेटबाट भएको नागरिकता विधेयकलाई क्याबिनेटले विगतको यथार्थ विवरणलाई राष्ट्रपतिसमक्ष प्रमाणीकरणको निम्ति अनुरोध गर्ने निर्णय गरिएको छ । र, पत्र राष्ट्रपतिकोमा पुगेको छ । मलाई विश्वास छ, राष्ट्रपतिले प्रमाणीकरण गरेर नागरिकता समस्या समाधान गर्नुहुन्छ भन्ने विश्वास छ ।”

राष्ट्रपति पौडेलले भने विधेयक प्रमाणीकरण गर्दा कानुनी अड्चन आउने आशंकामा कानुनविद्सँग छलफल गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  २१:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro