site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसलाई आरजुको चिन्ता ! सभापति मौन, भ्रातृसंस्था बचाउ अभियानमा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका नेताहरूको नाम नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको छ ।  त्यसरी जोडिएका मध्येको नाम हो– पार्टी सभापति पत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा । 

केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र कांग्रेसकै पूर्वसांसद आङटावा पक्राउ परिसकेका छन् ।  यस्तै, पूर्वगृहमन्त्री पत्नीसमेत रहेकी मञ्जु खाँण फोन स्वीचअफ गरेर ‘फरार’ छन् ।  तर उनीहरुको खोजीमा प्रहरी रहे नरहेको आधिकारिक धारणा सार्वजनिक भएको छैन ।

आरजुको ‘अडियो’ झुटो भनेर विश्वास छ : महत

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर यस प्रकरणमा उनीहरुको नामसहितको अडियो भने सार्वजनिक भएको छ । यसरी पार्टीका जिम्मेवार नेताहरू नै प्रकरणमा जोडिरहँदा सिंगो पार्टी भने केन्द्रीय सदस्य तथा सांसद राणाको बचाउमा केन्द्रित छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा यतिका धेरै नेताहरू तानिँदासमेत नेपाली कांग्रेसले केन्द्रीय समितिबाट आधिकारिक धारणा सार्वजनिक गर्न जरुरी देखेको छैन ।  त्यसैले विगत नौ महिनादेखि बस्न नसकेको केन्द्रीय समिति बैठक डाकिएको पनि छैन । जबकी कांग्रेसको विधानमा हरेक दुई महिनामा एकपटक केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था छ । 

Royal Enfield Island Ad

‘फेक अडियो’ बनाउनेलाई कारबाही माग गर्दै आरजु राणाले दिइन् साइबर ब्युरोमा निवेदन

“केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एकपटक बस्नेछ,” नेपाली कांग्रेसको विधानको परिच्छेद–७, दफा २१ को (१२) मा भनिएको छ ।  तर, विगत नौ महिनादेखि केन्द्रीय कार्यसमिति बैठक नै नराखेको कांग्रेसले यो प्रकरणमा पनि केन्द्रीय समिति आवश्यक ठानेको छैन । 

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थ मन्त्रालयको बागडोर सम्हालेर राष्ट्रिय जिम्मेवारी बहन गरिरहेका छन् ।  तर, उनै महत मंगलबार पार्टी प्रवक्ताको हैसियतमा पत्रकार सम्मेलन गरेर आरजुको बचाउमा उत्रिए । 
भ्रातृ संस्थाहरू पनि आरजुको बचाउमै देखिएका छन् ।  विशेष गरेर नेपाल विद्यार्थी संघ र नेपाल तरूण दल आरजुको बचाउमा उभिएको हो ।  दुवै भ्रातृ संस्थाले विज्ञप्ति जारी गरेर आरजुको बचाउ गरिसकेका छन् । 

समाजिक सञ्जालमा अधिकारिकताबारे अनुसन्धान भइरहेको अडियोमा आरजुलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई करोड बुझाएको उल्लेख छ । 

टोपबहादुर रायमाझी खोज्न विशेष प्रहरी परिचालन : आरजु, बालकृष्णदेखि मञ्जुसम्म तानिए 

सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको अधिकारिकता छानबिन गर्न र दोषीलाई कारबाही गर्न आरजुले प्रहरीमा निवेदन दिए पनि त्यसलाई अनुसन्धान प्रभावित पार्ने खेलका रूपमा सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । 

मञ्जु खाँणलाई ६ करोड बुझाएको बताइएको त्यो अडियोका विषयमा खाँणले भने कुनै उजुरी गरेकी छैनन् । तर, अनुसन्धानको रिपोर्ट नआउँदै कांग्रेस भने आरजुको बचाउमा उत्रिएको छ ।

आरजु देउवा र मञ्जु खाँण संलग्नताको प्रमाण जुटाउँदै प्रहरी 

यो प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणमाथि बयान लिनेसहितका अनुसन्धानको काम भइरहेको छ । पार्टीले खाँण दम्पतीको विषय खासै महत्वमा नराखेको कांग्रेसका सभापति निकट नेताहरू र भ्रातृ संस्था सभापति देउवा पत्नी आरजुमा केन्द्रित देखिएका छन् । 

मंगलबार पत्रकार सम्मेलन गरेका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. महतलाई पत्रकारको जवाफ दिन  हम्मेहम्मे परेको थियो । 

यस्तो थियो उनीसँग पत्रकारको सवालजवाफ

आङटावा शेर्पा अनुसन्धानको क्रममा घाइते छन् भन्ने कुरा छ नि ? 
– यो जानकारीमा छैन । यदि, यस्तो हो भने नम्समा रहेर अनुसन्धान हुनुपर्छ ।

महामन्त्रीको ‘अति भो’ भन्ने कुरा छ, प्रवक्ताको हैसियतले तपाईंको टिप्पणी के छ ?
– पदाधिकारी बैठकमा उहाँहरूले यो उठाउनुभएको छैन । बाहिर यस्तो कुरा कसरी आउँछ, म अचम्ममा छु ।

विशेष महाधिवेशनको माग गर्दै प्रदेश भेला भइरहेको छ नि ?
– क–कसले के, जे गरे भन्ने छ, भेटघाट भइरहन्छ । विशेष महाधिवेशनको कुनै गुन्जायस छैन । नीति अधिवेशन हुँदै छ । महासमितिभन्दा ठूलो हुन्छ ।

केन्द्रीय समिति बैठक नौ महिनासम्म बस्न सकेको छैन, मंसिरको चुनावी समीक्षा समेत हुन सकेको छैन ?
– कार्यसम्पादनको बैठक नियमित बसिरहेको छ । केन्द्रीय सदस्य बैठक नहुन विविध कारण छ । पहिला आफ्नै नेतृत्वमा घटनाहरू एकपछि अर्को भइरहेको छ । कार्यसम्पादनले पनि केन्द्रीय समितिको प्रतिनिधित्व गर्छ । यद्यपि, केन्द्रीय समिति पनि बस्नुपर्छ । बैठक बस्छ । भ्रातृसंगठन र विभाग गठन हुन्छ ।

पार्टी केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री तथा सभापतिका विश्वासपात्र प्रहरीले पक्राउ गर्दा पनि पार्टीले किन निलम्बन नगरेको भन्ने प्रश्नमा पनि महतले घुमाएरै जवाफ दिए । बरु उनको पार्टीमा योगदान बढी भएको भन्दै निलम्बन गर्न नसक्ने संकेत गरे । 

आरजु देउवा र मञ्जु खाँण दुवैजना संसद् बैठकमा अनुपस्थित

“अनुसन्धानमा प्रभावित पार्न खोजेको, निर्दोष सावित गर्न खोजेको पनि होइन । हाम्रो कारबाही गरिहाल्ने चलन पनि पहिलेदेखि नै होइन । यो परिवारजस्तो पार्टी हो र त्यसरी अघि बढ्छ,” महतले भने, “कारबाही कानुन र सिस्टमले गर्छ नि गल्ती गरेको भए । अरूले त दोषी हुँदा डिफेन्स गरेका छन् हामीले त गरेका छैनौं नि ! जिन्दगीभरी उहाँले पार्टीमा लगानी गरेको हुनाले म दोषी छैन प्रमाणित गर्छु भनिरहनुभएको छ । अनुसन्धान भइरहेको छ केही दिन पर्खदा के फरक पर्यो र !” 

मञ्जुमाथि प्रश्न, आरजुको बचाउ.. 
सो क्रममा खाँणलाई तपाईंको पार्टीको केन्द्रीय सदस्य तथा सांसद मञ्जु खाँण कहाँ हुनुहुन्छ ? कांग्रेसको सम्पर्कमा हुनुहुन्छ कि हुँदैन भनेर प्रश्न गरियो । मिडिया ट्रयाल आरजुमाथि भइरहेको जवाफ फर्काएर उनले असन्तुष्टि पोखे । 

“को कहाँ छन्, कहाँ जानुभयो भनेर पार्टीले फलो गर्ने कुरा भएन,” मञ्जुको बारेमा उनले यतिमात्र भने ।  त्यसपश्चात् प्रवक्ता महतले आरजु राणाको विषयमा मिडिया ट्रयाल भइरहेको भन्दै आपत्ति जनाए । 

आरजुले भनिन्– केही व्यक्ति मेराविरुद्ध नियोजित रूपमा लागेर चरित्रहत्या गरे

“आरजुको विषयलाई लिएर जहाँसम्म मिडिया सामाजिक सञ्जालको ट्रयाल भइरहेको छ । उहाँ आफैँले प्रतिरक्षा गरिरहनुभएको छ,” उनले भने, “आफैँले साइबर ब्युरोमा गएर यो नक्कली कुरा हो यसको अनुसन्धान हुनुपर्छ भनेर उहाँले भनिरहनुभएको छ । न उहाँ आरोपित हो । न त्यो अडियोको कुनै प्रमाणिकता छ । यतिकै अब यो सामाजिक सञ्जाल र मिडिया ट्रयालमैदोषी हो भन्नुत भएन नि ! यसमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । प्रमाणित नहुँदै दोषी जसरी प्रस्तुत गर्नु त राम्रो कुरा भएन नि । हामीलाई विश्वास छ त्यो अडियो झुटो हो ।”

महतले पार्टीको आधिकारिक धारणा किन ननिकालेको भन्ने प्रश्नमा भने आफूहरू निरन्तर यसमा बोल्दै आएको दाबी गरे । निष्पक्ष र पारदर्शी छानबिन तथा दोषीलाई कारबाही अनि निर्दोषलाई सफाई नै पार्टीको धारणा भएको उनले बताए । 

सभापति देउवा आफ्नै विश्वासपात्र र पत्नीविरूद्ध आवाज उठ्दासमेत किन मौन भन्ने प्रश्नमा महतले सभापतिको धेरै बोल्ने बानी नभएको भनेर बचाउ गरे ।  “धेरै बोल्ने बानी पहिलेदेखि नै छैन । निष्पक्ष अनुसन्धानमा सघाइरहनुभएको छ । दोषी प्रमाणित भयो भने कानुनअनुसार अघि बढ्न सहयोग गर्नुहुन्छ,” उनले भने । 

नेविसंघ र तरूण दल पनि आरजुकै छाया !

यो प्रकरणमा भातृ संस्थाहरू नेविसंघ र तरूण दल पनि आरजुको पक्षमा उभिएको छ ।  एक पदाधिकारीको कार्यसमिति भएका तरूण दल अध्यक्ष विद्वान गुरुङ र नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति निकालेर राणाको बचाउ गरे । 

६ जना महिला सांसदले पनि विज्ञप्ति जारी गर्दै घुमाउरो भाषामा आरजुकै बचाउ गरेका छन् । 

“शंकाको भरमा, ठोस आधारबिना कसैको चरित्र हत्या गर्न जबरजस्ती नाम जोड्ने काम निन्दनीय भएको हुँदा भत्र्सना गर्दछौँ,” ६ महिला सांसद तथा नेतृहरूको विज्ञप्तिमा लेखिएको छ । 

तरुण दल अध्यक्ष गुरुङले वैशाख ३१ गते जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यामले आरजुको चरित्र हत्या गरेको आरोप छ । 

“नेपाली कांग्रेसको केन्द्रीय सदस्य माननीय सांसद डा. आरजु राणाज्यूको विभिन्न सञ्चार माध्यममा विदेश भागेको र व्यक्तिगत चरित्र हत्या गर्ने खालको अनर्गल कुराहरूप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ, “भुटानी शरणार्थी काण्ड प्रहरी अनुसन्धानमै रहेको हुँदा कुनै ठोस प्रमाणबिना कसैप्रति लाञ्छना लगाउनु गम्भीर अपराध हो । यसप्रति सबै सरोकारवालाहरू सचेत रहन नेपाल तरुण दल केन्द्रीय समिति आग्रह गर्दछ ।”

यस्तै नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जेठ २ गते विज्ञप्ति जारी गरेका छन् ।  उनले यो प्रकरणमा मिडियाले आरजुप्रति आएको समाचार असत्य भएको दाबी गर्दै मिडियाको विश्वसनियतामाथि प्रश्न उठाएका छन् । 

“लोकतन्त्रको गरिमा बढाउने दायित्व राजनीतिक दलको मात्रै होइन । राज्यको चौंथो अंगको रूपमा सम्मानित सञ्चारमाध्यमको भूमिका त अझ बढी हुने गर्छ । तर, पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर प्रेषित निराधार र अपुष्ट सूचनाका आधारमा प्रेषित खबरले भने सञ्चारमाध्यमकै विश्वसनीयतामा समेत गम्भीर प्रश्न खडा गरेको छ,” उनले भने ।  

विज्ञप्तिमा अध्यक्ष शेर्पाले लेखेका छन्, “कांग्रेस नेतृ डा. आरजु राणा देउवाको नाम जोडिएर आएको नक्कली अडियो छानबिनको लागि उहाँले दिनुभएको उजुरीमाथि छानबिन हुन नसक्नु दुःखद छ । तत्काल सो अडियोको छानबिन गरी राणाले माग गरे जस्तो सत्यतथ्य सार्वजनिक गर्न पनि नेविसंघ प्रशासनसँग जोडदार माग गर्दछ ।” 

उनले नागरिकलाई झुटा सूचना र अफवाहबाट दिग्भ्रमित नहुन पनि अनुरोध गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro