site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आरजुको ‘अडियो’ झुटो भनेर विश्वास छ : महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले हचुवाका भरमा कसैलाई दोषी भन्न नहुने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सामाजिक सञ्जाल र मिडियामा ‘ट्रायल’ गरिएको टिप्पणी गरे । यसप्रति कांग्रेसको ध्यानाकर्षण भएको उनले बताए ।

Dabur Nepal
NIC Asia

अर्थमन्त्री समेत रहेका डा. महतले ‘ट्रायल’ गरेर दोषी भन्न नमिल्नेमा जोड दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी नेत्री एवं सांसद आरजु राणाको भन्दै बाहिरिएको अडियो झुटो भएको आफूहरूको विश्वास रहेको उनले बताए । उक्त अडियोलाई प्रमाणित गर्न राणाले नै प्रहरीमा उजुरी दिइसकेको उनले उल्लेख गरे ।

“उहाँ (आरजु राणा)को केसमा उहाँले प्रमाणित होस् भनेर उजुरी गर्नुभएको छ । ट्रायल गरेर दोषी हो भनेर भन्न भएन,” उनले भने, “यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अडियो झुटो हो भनेर विश्वास छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro