site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्वगृहमन्त्री रवि लामिछाने कारागार चलान
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने भैरहवा कारागार चलान भएका छन् । सोमबार लामिछानेलाई थुनुवा पुर्जी दिएर जिल्ला कारागार रूपन्देही चलान गरिएको रूपन्देही प्रहरीका डीएसपी सुरज कार्कीले जानकारी दिए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

आदेशलगत्तै शुक्रबार राति पक्राउ परेका लामिछानेलाई शनिबार काठमाडौंबाट भैरहवा लगिएको थियो । आइतबार सरकारी बिदाका कारण उनलाई प्रहरीको हिरासतमै राखिएको थियो । सोमबार कार्यालय खुलेसँगै उनलाई कारागार पठाइएको हो ।

उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले जिल्ला अदालत रूपन्देहीले एक करोड धरौटीमा छाड्ने आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमै पूर्वडीआईजी छविलाल जोशी पनि पुर्पक्षका लागि भैरहवा कारागारमै छन् ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro