site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
सिड्नीको बार्दलीमा आनन्द कार्की गुन्जने

सिड्नी । नेपालका गजल गायक आनन्द कार्कीले सिड्नीमा यही बिहीबार (अप्रिल १०) बार्दली फंक्सन सेन्टरमा संगीतप्रेमीबीच आफ्ना गजल पस्कने भएका छन् ।

पाल्पा इन्टरटेन्टमेन्टले अस्ट्रेलिया भ्रमणमा निस्केका गजलकार कार्की र चलचित्र निर्देशन सोभित बस्नेत, स्थानीय कलाकार प्रिती घिमिरेसहितको आनन्द कार्की समधुर साँझको आयोजना गर्न लागेको हो । नेपाली गीत गजल क्षेत्रमा निकै चर्चा कमाएका गायक कार्की केही हप्तादेखि अस्ट्रेलिया भ्रमणमा छन् ।

"कार्कीको भ्रमणको फाइदा उठाउँदै हामीले उनको सम्मानमा समधुर साँंझको आयोजना गर्न लागेका हौँ," आयोजक पाल्पा इन्टरटेन्टमेन्टका सुवास थापाले भने । नेपालीहरूको निकै बाक्लो बस्ती रहेको अर्वन, मेरिल्यान्ड र ग्रानभिल क्षेत्रका संगीत पारखीहरूको लागि गतिलो खुराक बनोस भन्ने चाहना रहेको थापाले बताए ।

एटुजेड सप्लायर्स र आरएफएम फेसिलीटी मेनजमेन्टको सहयोगमा आयोजना हुन लागेको यस साँझमा आएर नेपाली गीत गजलको आनन्द लिन थापाले अनुरोध गरेका छन् । यी हल्लाहरू हुन्, बादल वर्षा बिजुली, जनम जनम जिउँलासँगै, फेरि तिम्रो याद आयो जस्ता दर्जनौँ हिट गीत गजल पस्केका कार्कीको एकै हप्ता सिड्नीमा दुईवटा कार्यक्रम आयोजना हुँदै छ ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro