site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टोपबहादुर रायमाझी खोज्न विशेष प्रहरी परिचालन : आरजु, बालकृष्णदेखि मञ्जुसम्म तानिए 

काठमाडौं । शरणार्थी प्रकरणमा तानिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई खोज्न विशेष प्रहरी परिचालन गरिएको छ । स्रोतले दिएको जानकारीअनुसार उनलाई खोज्न विशेष प्रहरी परिचालन गरिएको छ ।

बुटवल र काठमाडौंमा विशेष प्रहरी परिचालन गरेर उनको खोजी भइरहेको छ । पूर्वमन्त्रीसमेत रहेका रायमाझीको खोजी तीव्र पारेको भए पनि अहिलेसम्म पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

अघिल्लो साता बुटवलबाट फरार भएका रायमाझी प्रहरीको खोजी सूचीमा रहेका छन् । “बुटवलमा अन्तिम लोकेट भएको छ,” प्रहरी स्रोतले भन्यो,“ त्यसपछि मोबाइल अफ छ । अहिलेसम्म उनी कहाँ छन् भन्ने बारेमा थप जानकारी छैन । उनलाई खोज्नका लागि विशेष प्रहरी परिचालन गरिएको छ ।”

प्रहरी स्रोतले दिएको जानकारीअनुसार रायमाझीको फोन ट्रयाक गर्दा बुटवलमा अन्तिम लोकेशन देखाएको र त्यहीँबाट उनले अफ गरेको पाइएको छ । उनका चालक र गाडी सम्पर्कमा रहेको भए पनि रायमाझी बुटवलबाट आफ्नै तरिकाले हिँडेको प्रहरीमा जानकारी गराएको स्रोतले बतायो ।

नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय गिरोहसँगको मिलेमतोको आरोप उनीमाथि लागेको छ ।

सो गिरोहमा सक्रिय रहेका उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधबार बेलुका नै बुटवलबाट पक्राउ गरेको छ । कतिपयले भने उनी काठमाडौंमै रहेको र प्रहरीको सम्पर्कमै रहेको दाबी गरेका छन् ।

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परिसकेका छन् ।
पक्राउ परेका सानु भण्डारीले दिएको बयानका आधारमा नेकपा एमालेकै उपाध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण,उनकी पत्नी मञ्जु खाँण र आरजु राणा देउवा पनि तानिएका छन् ।

पैसा उठाउने गिरोह र पीडितबीच भएको कुराकानीमा कांग्रेस सांसद आरजु राणा देउवा र मञ्जु खाँणलाई पनि पैसा बुझाएको अडियो सार्वजनिक भएको छ । उक्त अडियोलाई प्रहरीलाई सुरक्षित राखेको र अनुसन्धान जारी राखेको जनाएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro