site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आरजु देउवा र मञ्जु खाँण संलग्नताको प्रमाण जुटाउँदै प्रहरी 

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा ‘नाम मुछिएका’ कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँणको संलग्नताबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार सार्वजनिक भएको अडियो प्रकरणलाई नजिकबाट अनुसन्धान थालिएको छ भने त्यसमा नाम लिइएका दुई सांसद आरजु राणा देउवा र मञ्जु खाँणको संलग्नताबारे प्रमाण जुटाउने प्रयास गरिएको छ ।

“आरजु देउवा र मञ्जु खाँणको पनि नाम जोडिएर आएको छ,” प्रहरी उच्च स्रोतले भन्यो, “सार्वजनिक भएको अडियोमा दुवैजनालाई रकम दिइएको उल्लेख छ । त्यसको प्रमाण जुटाउने काम भइरहेको छ ।”

उनीहरु पनि दोषी देखिए पक्राउ गर्न सक्ने प्रहरी अधिकारीको धारणा छ ।

“दोषी देखिएमा उनीहरु पनि पक्राउ पर्न सक्छन्,” प्रहरी स्रोतले भन्यो, “अहिले अनुसन्धान भइरहेको छ ।” सार्वजनिक भएको एक अडियोमा नक्कली शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाँणको नाम लिइएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ११:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro