site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राप्रपाको प्रदर्शन : काठमाडौंका यी स्थानमा हुनेछ सवारी ‘डाइभर्सन’
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खु क्षेत्रमा विरोध प्रदर्शन गर्दै छ । विभिन्न स्थानबाट र्‍याली निकाली बल्खुमा विरोध कार्यक्रम गर्ने राप्रपाको तयारी छ । 

कार्यक्रमलाई मध्यनजर गर्दै आवश्यकताअनुसार सवारीसाधनलाई ‘डाइभर्सन’को व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, खसीबजार–मकालु–कलंकी चोक–बाफल, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक–टेकु, कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा सवारी डाइभर्सन गरिनेछ ।

आवश्यक परेमा त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप हुँदै सीतापाइला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने जनाइएको छ ।

कार्यक्रममा सहभागी हुन सवारीसाधन लिएर आउनेका लागि टीयू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ) र चोभार सुक्खा बन्दरगाह, नयाँ बसपार्क र सीतापाइला–बाफल सडकखण्डमा पार्किङको व्यवस्था मिलाइएको छ ।

आज नेपाल शिक्षक महासंघले पनि काठमाडौंमा प्रदर्शन गर्दै छ । माइतीघरमा भेला भएर बानेश्वर जाने कार्यक्रम छ । माइतीघर सडकखण्डको बीचमा प्रदर्शन हुने प्रहरीले जनाएको छ ।  

सहकारी र लघुवित्तपीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने प्रहरीले जनाएको छ । यी सडकखण्डमा पनि आवश्यकताअनुसार डाइभर्सन हुनेछ । 

कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारीसाधनका चालकलाई वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  ०७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro