site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीनकुने घटनामा संलग्न रहेको आरोपमा एनी कुँवर पक्राउ

काठमाडौं । तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । सोमबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

कार्यालयका एसपी अंगुर जीसीका अनुसार, उनलाई ललितपुरबाट पक्राउ गरिएको हो ।

यही चैत १५ गते राजावादीले प्रदर्शन गरेको तीनकुने घटनामा उनीसमेत सहभागी थिइन् । आगजनी भएको घरमा उनी देखिएको भिडियो भाइरल भएको थियो ।

सोही घरको एउटा कोठामा रहेका पत्रकार सुरेश रजकको आगलागीबाट ज्यान गएको थियो । सुरेश कोठामा रहेका बेला कुँवरले भिडियो लाइभमा बोलेको सुनिन्छ ।

यही घटनाबारे थप सोधपुछ गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त घटना प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको समेत ज्यान गएको थियो । 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro