
काठमाडौं । विभिन्न माग राखेर सात दिनयता सडक संघर्षमा उत्रिएका शिक्षकहरूलाई सरकारले फेरि वार्तामा बोलाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै उनीहरूलाई पुनः वार्ताम बोलाएको हो ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको आन्दोलनबारे साझा धारणा निर्माण गर्न यसअघि चैत २१ र २२ गते छलफलका निम्ति आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।
“त्यसका बाबजुद हालसम्म यस मन्त्रालयसँग औपचारिक रूपमा त्यस्तो छलफल तथा परामर्श हुन सकेन र हालसम्म पनि ध्यानाकर्षण कार्यक्रम निरन्तर नै रहेको सन्दर्भमा यस मन्त्रालयमा भोलि मिति २०८१–१२–२७ गतेका दिन वार्ता र संवादका लागि राहत एवं अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारीलगायत सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः आमन्त्रण गरिन्छ ।”
वार्ता र संवादको समय तालिका आपसी सल्लाह अनुसार तय गरिने मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।