site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आरजु देउवा र मञ्जु खाँण दुवैजना संसद् बैठकमा अनुपस्थित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका नेपाली कांग्रेसका सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाँण संसद् बैठकमा अनुपस्थित भएका छन् । 

पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रहरीले पक्राउ गरेपछि कांग्रेसभित्र त्यसले तरंग पैदा गरेको छ । खाँण पक्राउ परेपछि यो प्रकरणमा नाम मुछिएकी उनकी पत्नी मञ्जु संसद् बैठकमा उपस्थित छैनन् । 

Dabur Nepal
NIC Asia

यस्तै, सोही प्रकरणमा नाम जोडिएकी कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु पनि संसद् बैठकमा अनुपस्थित छिन् ।

“दुवैजना भाउजूहरु आजको बैठकमा उपस्थित हुनुभएको छैन,” कांग्रेसका एक सांसदले बाह्रखरीसँग भने । 

नक्कली शरणार्थी प्रकरणमा आरजुले दुई करोड र मञ्जुले ६ करोड रकम बुझेको अडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro