site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आरजुले भनिन्– केही व्यक्ति मेराविरुद्ध नियोजित रूपमा लागेर चरित्रहत्या गरे
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले आफूविरुद्ध नियोजित रूपमा मानमर्दन भइरहेको बताएकी छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै आरजुले व्यक्तिगत रिस, कुण्ठा र आवेगलाई स्थान नदिन सञ्चार माध्यमलाई आग्रहसमेत गरेकी छन् । 

“हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ । तर कसैलाई पनि कोहीविरुद्ध आधारहीन गालीगलौज र लाञ्छाना लगाउने अधिकार छैन,” राणले लेखेकी छन्, “नियोजित रूपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले सञ्चार माध्याममा अन्तर्वार्ता दिँदै म विरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक छ ।” 

उनले तथ्यमा रहेर कसैको हस्तक्षेपबिना मिडियामार्फत सूचना र विचारहरू दिन सकिने भएपनि नियोजित रूपमा आफूविरुद्ध प्रहार भइरहेको बताएकी छनन् । 

“...त्यस्ता व्यक्तिहरूको व्यक्तिगत रिस, कुण्ठा र आवेगमा सम्पूर्ण सञ्चार माध्यम र सञ्चारकर्मीहरूले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछ,” उनले भनेकी छन्, “हरेकजसो अन्तवार्तामा केही व्यक्तिहरू नियोजितरूपमै मेराविरुद्ध व्यक्तिगत गालीगलौज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहीन, निराधार, तथ्यहीन र चरित्रहत्या गर्ने दूषित उद्देश्यबमोजिम आएका आरोपलाई स्थान नदिन पनि सबै आम सञ्चार माध्यमलाई आग्रह गर्दछु,” उनले भनेकी छन् ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी राणा कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro