site stats
बाह्रखरी :: Baahrakhari
सुरेन्द्र पौडेल
जुन देशमा धेरै नेपाली जान्छन्, ती देशसँग व्यापार घाटा बढ्दो 
जुन देशमा धेरै नेपाली जान्छन्, ती देशसँग व्यापार घाटा बढ्दो यीमध्ये वैदेशिक रोजगारीमा सबैभन्दा बढी नेपाली जाने राष्ट्र हुन्, मलेसिया, कतार, यूएई, साउदी अरब र ओमान ।  गत आर्थिक वर्ष सबैभन्दा बढी व्यापार घाटा हुने प्रमुख १२ राष्ट्रमध्ये पाँच वटा वैदेशिक रोजगारीका सिलसिलामा सबैभन्दा बढी नेपाली जाने राष्ट्र पर्छन् । आर्थिक वर्ष २०७९/८० मा मात्र यी पाँच देशसँग नेपालको व्यापार घाटा ८७ अर्ब १५ करोड ९४ लाख ५७ हजार रुपैयाँ छ । उक्त अवधिमा नेपालले ती देशबाट ८८ अर्ब ६७ करोड ४२ लाख ३९ हजार रुपैयाँको वस्तु आयात गरेको थियो भने ती देशमा मात्र १ अर्ब ५१ करोड ४७ लाख ८१ हजार रुपैयाँको वस्तु नेपालले निर्यात गरेको देखिन्छ ।