site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘अखण्ड भारत’ नक्सा सार्वजनिकलगत्तै सुटुक्क भारत पुगेका बालेन नक्सा सार्वजनिकपछि चीन जान किन रोकिए ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले बिहीबार एउटा अप्रत्याशित घोषणा गरे । आफ्नो पाँचदिने चीन भ्रमण स्थगित । 

उनको चीन भ्रमण बिहीबारबाट सुरु हुँदै थियो । बिहीबार बेलुकी उनको चीन जाने फ्लाइट थियो ।  तर चीनतर्फ प्रस्थान गर्नु केही घण्टाअघि मात्र उनले सामाजिक सञ्जाल फेसबुक र एक्स (ट्वीटर) मार्फत् आफू चीन भ्रमणमा नजाने घोषणा गरेका थिए । 

चीनले सोमबार जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारत भित्र देखाएपछि त्यसको विरोध स्वरुप चीन भ्रमण रद्द गरेको दाबी उनको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

“नेपाली भूभागलाई  चीनले  नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो  संवेदनशीलतामाथि चालेको गलत कदम मानेका  छौं,” बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “त्यसैले आज मेरो, चीनको निमन्त्रणामा   हुँदै गरेको पाँचदिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।” 

नेपालले २०७७ जेठ ७ गते लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो ।  केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले ‘चुच्चे’ नक्साको ठाउँमा पहिलेको ‘बुच्चे’ नक्सालाई नै कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेकोमा आफ्नो आपत्ति रहेको बालेनले बताएका छन् । 

Global Ime bank

ठिक तीन महिनाअघि अर्थात् २०८० जेठ १४ गते भारतमा नयाँ संसद भवनको उद्घाटन गरिएको थियो ।  नयाँ संसद् भवनको भित्तामा ‘अखण्ड भारत’ को नक्सा राखिएको थियो ।  अखण्ड भारतको नक्सामा नेपाली भूमि लुम्बिनी, कपिलवस्तुलाई पनि समेटिएको थियो । 

‘अखण्ड भारत’को नक्सा बाहिर सार्वजनिक भएलगत्तै नेपाल, पाकिस्तान र बंगलादेशमा त्यसको विरोध भयो । ठूलो विरोध भएपछि भारतले उक्त नक्साले वर्तमान अवस्था नदेखाउने र प्राचिन समयमा भारतको प्रभाव क्षेत्र मात्र देखाउने भनी स्पष्ट पारेको थियो ।

जब ‘अखण्ड भारत’ नक्साको विरोध नेपालमा व्यापक भइरहेको थियो ।  त्यति नै बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन उपमेयर सुनिता डंगोललाई कार्यवाहकको जिम्मवारी दिई सुटुक्क भारत भ्रमणमा निस्केका थिए । 

उनले जेठ १८ गतेदेखि आफू फर्केर नआउन्जेलसम्मको लागि कार्यवाहकको जिम्मेवारी डंगोललाई सुम्पेका थिए । उनले कार्यवाहकको जिम्मेवारी दिएको पत्रमा कामको सिलसिलामा काठमाडौं बाहिर जानु परेको बताएका थिए । 

बालेन त्यतिबेला सुटुक्क भारत गएका थिए जतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि त्यतिबेला भारत नै रहेका थिए ।  चीनले नेपाली भूमि भारतमा राखी नक्सा जारी गरेको भन्दै चीन भ्रमणमा नजाने घोषणा गरेका बालेनले भारतले नेपाली भूमि समावेश गरी अखण्ड भारत नक्सा जारी गर्दा सुटुक्क भारत भ्रमणमा गएका थिए । 

भारत भ्रमणमा रहँदा बालेनले काठमाडौं महानगरपालिकास्थित आफ्नो कार्यकक्षमा ‘अखण्ड नेपाल’को नक्सा राख्न लगाएका थिए ।  अखण्ड नेपालको नक्सामा सन् १८१६ मा बेलायतसँग सुगौली सन्धि हुनुअघिको नेपाली भूभागलाई समेटिएको छ । 

त्यतिबेला ‘अखण्ड नेपाल’ को नक्सा आफ्नो कार्यालयमा राखेर भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई उनले अप्ठेरोमा पारिदिएको परराष्ट्र मन्त्रालयका अधिकारी बताउँछन् । अहिले चीन भ्रमणको तयारी गरिरहेका प्रधानमन्त्री प्रचण्डलाई आफ्नो भ्रमण स्थगित गरेर बालेनले पुनः अप्ठेरो स्थिति बनाइदिएका छन् । 

चीनले जारी गरेको नक्सामा के छ ? 

चीनले सोमबार आफ्नो नयाँ नक्सा (स्ट्यान्र्डड म्याप) सार्वजनिक गरेको थियो ।  चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अंग्रेजी दैनिक ग्लोबल टाइम्सले उक्त नक्सा पहिलो पटक सार्वजनिक गरेको थियो । 

सामाजिक सञ्जालमा नयाँ नक्सा सार्वजनिक गर्दै ग्लोबल टाइम्सले लेखेको थियो, “चीनको २०२३ को स्ट्यान्डर्ड म्याप सोमबार जारी भएको छ । यो नक्सा प्राकृतिक स्रोत मन्त्रालयको वेबसाइटमा लन्च गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रोइङ्ग मेथड’ को आधारमा बनाइएको हो ।”

नयाँ नक्सामा भारतको अरुणाचल, अक्साई चीन, दक्षिणी चीन सागर र ताइवानलाई चिनियाँ भूमिभित्र समेटिएको छ । उक्त नक्सालाई चीनले ‘स्ट्यान्डर्ड म्याप’ नाम दिएको छ । 

चीनले जारी गरेको नयाँ नक्सामा नेपाल, भारत, भुटानलगायतका देशलाई पनि देखाइएको छ । नक्सामा जहाँ नेपाल देखाइएको छ त्यो नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी गरेको चुच्चे नक्साभन्दा पहिलाको अवस्था देखाइएको छ । अर्थात् चीनले देखाएको नेपालमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालभित्र राखिएको छैन । ती ठाउँहरुलाई भारतभित्र देखाइएको छ । 

“हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको  नक्सा सार्वजनिक गरेको छ,” बालेनले चीनको नक्साप्रति असन्तुष्टि जनाएका छन् । 

बालेन यसकारण गएनन् चीन 

काठमाडौं महानगरपालिकाका मेयर बालेनको पाँच दिने चीन भ्रमणको लागि बिहीबार बेलुकी त्यसतर्फ जाने कार्यक्रम रहेको थियो ।  चीनमा आयोजना गरिएको स्थानीय तह सम्बन्धी एक कार्यक्रममा सहभागी हुन उनी चीन जान लागेका थिए । 

तर, बिहीबार उनले अचानक चीन भ्रमणमा नजाने घोषणा गरे । चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि भारतमा देखाएको कारण चीन नजाने निर्णय लिएको उनले बताएका छन् । 

के वास्तविकता यही हो त ? 

‘खासमा जुन कार्यक्रमको लागि निमन्त्रणा आएको थियो, त्यो उपमेयर तहको लागि थियो । तर मेयर’साप उपमेयरलाई नपठाई आफैँ जान खोज्नु भएको थियो । महानगरपालिकाभित्रै यसको विरोध भएको थियो । अन्तिममा उहाँले अन्य कारण देखाउँदै चीन भ्रमणमा नजाने निर्णय लिनुभयो,” काठमाडौं महानगरपालिका उच्च स्रोतले बाह्रखरीसँग भन्यो ।

बालेनका प्रमुख स्वकीय सचिव भुपदेव साहले भने निमन्त्रणा उपमेयर तहकोलाई आएको भन्नेबारे आफूहरुलाई जानकारी नभएको बताए ।  “निमन्त्रणा उपमेयर तहकोलाई थियो भन्ने जानकारी हामीलाई छैन,” भुपदेवले बाह्रखरीसँग भने । 

बुधबार बेलुकासम्म काठमाडौं महानगरपालिकाका मेयर बालेन चीन जाने तयारीमा थिए । भुपदेवका अनुसार चीन जाने तयारी भएकै कारण शुक्रबारलाई राखिएको नगर प्रहरीको कार्यक्रम बिहीबारलाई सारिएको थियो । 

बिहीबार नगर प्रहरीको कार्यक्रम सम्पन्न भएपछि बालेनको चीन जाने पूर्व तयारी थियो ।  “नक्साको विषय आएपछि अहिले चीन जान उचित ठानेनौं । त्यसैले मेयरले चीन भ्रमण स्थगित गर्नुभएको हो,” भूपदेवले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय