site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पाँच वर्षमा १८५ केजी बढी अवैध सुन बरामद, करिब दुई अर्ब राजस्व असुली 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो पाँच वर्षमा १८५ केजीभन्दा बढी अवैध सुन देशका विभिन्न स्थानबाट बरामद गरेको छ । 

नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतका अनुसार आर्थिक वर्ष २०७५÷७६ देखि २०७९÷८० सम्मको पाँच वर्षको अवधिमा उक्त अवैध सुन बरामद गरिएको हो । यसमा बुधबार राजस्व अनुसन्धान विभागले बरामद गरेको ब्रेक शुको तौलसहितको १५५ केजी सुन जोडिएको छैन । 

“पछिल्लो पाँच वर्षमा बरामद गरिएको अवैध सुनबाट एक अर्ब ९२ करोड ३१ लाख ६२ हजार ३७१ रुपैयाँ राजस्व संकलन भएको छ,” प्रहरी प्रवक्ता कडायतले भने, “अवैध सुनको कारोबारमा संलग्न रहेको आरोपमा उक्त अवधिमा ३७९ जना पक्राउ परेका छन् ।”  

Prabhu Bank
Agni Group
NIC Asia

गत आर्थिक वर्ष २०७९–८० मा प्रहरीले २०.६५ केजी सुन बरामद गरेको थियो ।  उक्त सुनबाट १७ करोड २० लाख २२ हजार २४२ रुपैयाँ राजस्व संकलन भएको थियो ।  गत आर्थिक वर्षमा अवैध सुनको कारोबारमा संलग्न रहेको आरोपमा ९१ जना पक्राउ परेका थिए । 

नेपाल प्रहरीले बाह्रखरीलाई उपलब्ध गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८–०७९ मा ३१.३७ केजी अवैध सुन बरामद गरिएको थियो । 

Global Ime bank

यो सुनबाट ९७ करोड ४७ लाख ३९ हजार ९८९ रुपैयाँ राजस्व संकलन भएको थियो ।  अवैध सुनको कारोबारमा संलग्न रहेको आरोपमा यसवर्ष ८८ जनालाई पक्राउ गरिएको थियो ।  आर्थिक वर्ष २०७७–०७८ मा प्रहरीले देशका विभिन्न स्थानबाट ३७.७२ केजी अवैध सुन बरामद गरेको थियो । 

अवैध सुनको कारोबारमा संलग्न रहेको आरोपमा यसवर्ष प्रहरीले ५५ जनालाई पक्राउ गरेको थियो ।  सुनबाट उक्त वर्ष २७ करोड १५ लाख ९१ हजार ६८० रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । 

आर्थिक वर्ष २०७६–०७७ मा ३४.३६ केजी अवैध सुन प्रहरीले बरामद गरेको थियो ।  उक्त अवैध सुनको कारोबारमा संलग्न रहेको आरोपमा ३० जना पक्राउ परेका थिए । 

प्रहरीका अनुसार उक्त सुनबाट २० करोड ३० लाख ५१ हजार १३२ रुपैयाँ राजस्व असुली भएको थियो ।  प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५–०७६ मा देशका विभिन्न स्थानबाट ६०.९१ केजी अवैध सुन बरामद गरिएको थियो । 

उक्त सुनबाट ३० करोड १७ लाख ५७ हजार ३२७ रुपैयाँ राजस्व असुली भएको थियो ।  अवैध सुनको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सो वर्ष ११५ जनालाई पक्राउ गरेको थियो । 

आठ वर्षमा नेपाल भित्रियो दुई खर्ब ३५ अर्बभन्दा बढीको सुन

पछिल्लो आठ वर्षमा विभिन्न देशबाट नेपालमा २ खर्ब ३५ अर्ब ४५ करोड २० लाख ४३ हजार रुपैयाँको सुन भित्रिएको पाइएको छ ।  भन्सार विभागका अनुसार उक्त रकममा ३९ हजार ९१५.९ केजी सुन नेपाल भित्रिएको छ । यो आँकडा वैध रुपमा नेपाल भित्रिएको सुनको मात्र हो । 

आर्थिक वर्ष २०७२–०७३ देखि २०७९–०८० सम्म उक्त सुन नेपाल भित्रिएको विभागले जनाएको छ । यसमा ढिक्का सुन, कच्चा सुन र सुनका गहना सबै जोडिएको छ ।  गत आर्थिक वर्ष २०७९–०८० को पहिलो ११ महिनामा मात्र नेपालले साढे ४४ अर्ब रुपैयाँभन्दा बढीको सुन आयात गरेको छ । 

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९–०८० मा नेपालले ४४ अर्ब ६६ करोड ८५ लाख ६१ हजार रुपैयाँमा,  २०७८–०७९ मा ४३ अर्ब ६७ करोड ८७ लाख ८८ हजार रुपैयाँ, २०७७–०७८ मा २७ अर्ब ७१ करोड २ लाख २६ हजार रुपैयाँ, २०७६–०७७ मा १३ अर्ब ६९ करोड ६८ लाख ७ हजार रुपैयाँको सुन नेपालले आयात गरेको थियो । 

यस्तै, आर्थिक वर्ष २०७५–०७६ मा ३४ अर्ब ६३ करोड ७७ लाख ४८ हजार रुपैयाँ, २०७४–०७५ मा ३१ अर्ब ७४ करोड ८७ लाख ६९ हजार रुपैयाँ, २०७३–०७४ मा २३ अर्ब २३ करोड १६ लाख २९ हजार रुपैयाँ र २०७२–०७३ मा १६ अर्ब ७ करोड ९५ लाख १५ हजार रुपैयाँको सुना नेपाल भित्रिएकोृ छ। 

नेपालमा सबैभन्दा ठूलो मात्रामा कच्चा र ढिक्का सुन युनाईटेड अरब इमिरेट् (युएई), टर्की र स्वीट्जरल्याण्डबाट आउने गरेको छ।  गत आर्थिक वर्ष २०७९–०८० को पहिलो ११ महिनामा मात्र नेपालले यूएईबाट करिब १९ अर्ब रुपैयाँको सुन आयात गरेको छ । 

अष्ट्रेलिया, बहराइन, बंगलादेश, बेल्जियम, बुल्गेरिया, कम्बोडिया, क्यानडा, चीन, फिनल्याण्ड, फ्रान्स, जर्मनी, भारत, इजरायल, जापान, दक्षिण कोरिया, कुवेत, मलेसिया, मोरक्को, ओमान, कतार, साउदी अरेबिया, सिंगापुर, थाइल्याण्डलगायतका देशबाट सुनका गहना नेपाल आउने गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !