site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
पदक विजेता खेलाडीलाई एनआरएनएको नगदसहित सम्मान

सिड्नी । अस्ट्रेलियन ओपन कराते  प्रतियोगितामा सहभागी भइ एक स्वर्ण, एक रजत र पाँच कास्य पदक जितेको नेपाली टोलीलाई एनआरएनए अस्ट्रेलियाले नगदसहित सम्मान गरेको छ । 

एनआरएनए अस्ट्रेलियाको आफ्नै भवनमा आयोजित कार्यक्रममा स्वर्ण पदकधारी एरिका गुरुङ, रजत पदकधारी विजय श्रेष्ठ, कास्य पदक विजेता सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, वर्षा बुढामगर, पुस्पका लामा, दिवस श्रेष्ठ, सोनाम लामा, मुख्य प्रशिक्षक कुशल श्रेष्ठ, प्रशिक्षक मन्डेकाजी श्रेष्ठ, रेफ्री तारा श्रेष्ठ गुरुङ व्यवस्थापक अमीर रानालाई सम्मानपत्र, माला र खादाले सम्मानित गरिएको थियो ।

नेपालबाट सहभागी भइ अस्ट्रेलियन ओपनमा पदक जित्ने खेलाडीलाई नगदसहित पुरस्कार प्रदान गरिएको हो ।

एनआरएनएका केन्द्रीय सल्लाहकार दिनेश जोशी, ओसनिया क्षेत्रका सहसंयोजक कोमलराज पाठक, एनआरएनएका अध्यक्ष अनिल पोखरेल, सदस्य रोशन भट्टराई, सत्यप्रकाश कँडेल, नयाका अध्यक्ष विपीन थापा लगायतले खेलाडीलाई सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै स्वर्ण पदकधारी एरिका गुरुङले यस्तो सम्मानले खेलाडीमा उत्साह थप्ने बताइन् । प्रशिक्षक कुशल श्रेष्ठले गैरआवासीय नेपाली संघले संसारभर नै नेपाली खेल क्षेत्रलाई सहयोग गर्दै आएकोमा बधाइ ज्ञापन गरे ।

“नेपाली खेलाडीहरूलाई वैदेशिक प्रशिक्षण र एक्सपोजर अहिलेको आवश्यकता हो, त्यसका लागि एनआरएनएले पहल गरिदिए नेपाली खेलकुद धन्य हुने थियो,” श्रेष्ठले बताए ।

कार्यक्रममा नेपाल कराते संघका उपाध्यक्ष ओमकृष्ण प्रसाईंले नेपाली खेल क्षेत्रलाई सरकारले महत्त्व नदिएका कारण सोचे अनुरुपको सफलता हात पार्न नसकेको बताए । नेपालमा खेलकुद विश्वविद्यालयको परिकल्पना गरिरहेको बताउँदै प्रसाईंले एनआरएनएलाई सम्मानका लागि धन्यवाद ज्ञापन गरे ।

खेलाडी राष्ट्रका गहना भएको बताउँदै उनीहरूको सम्मानको हकदार भएको र एनआरएनएले जानकारी पाएसम्म सबैलाई सहयोग र सद्भावको हात अगाडि बढाइरहेको अध्यक्ष पोखरेलले बताए ।

यसैबीच नेपाल अस्ट्रेलियन युथ एसोसिएसन (नया)ले पनि पदक विजेता खेलाडीको सम्मानमा दिवाभोजको आयोजना गरेको थियो । अर्वन समाज र नयाको आयोजनामा भएको दिवाभोजमा खेलाडीलाई सम्मान गर्दै नयाका अध्यक्ष विपीन थापाले मुलुक चिनाउने माध्यमका रहेको खेलकुद र पदक विजेता खेलाडी सम्मानका हकदार भएको बताए । थापाले आगामी दिनमा समेत एरिकाजस्ता खेलाडीले नेपालको नाम सधैँ उच्च पार्ने कुरामा आफूहरू विश्वस्त रहेको बताए । कार्यक्रममा अर्वन नेपाली समाजका अध्यक्ष अरुण श्रेष्ठले खेलाडीहरूलाई बधाइ ज्ञापन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro