site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालको विश्वव्यापी प्रचार, भन्न थालियो– हवाई र स्थलमार्ग दुवै जोखिमपूर्ण
SkywellSkywell

काठमाडौं । नेपालमा बुधबार भएको सौर्य एयरलाइन्सको बिमान दुर्घटनाको संसारभरका मिडियामा समाचार आएको छ । 

विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्टिय विमानस्थल बन्द

बुधबार भएको सो दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । अधिकांशमा समाचार र तथ्यपरक टिप्पणी आउनु अस्वाभाविक होइन । कतिपयमा नेपालको कमजोरी पनि औंल्याउँदै टिप्पणी गरिएको छ । 

Dabur Nepal
NIC Asia

सौर्य एयरको जहाज दुर्घटनामा (तस्बिरमा)

यसखालका कमजोरी बारम्बार देखिएका कारण असुरक्षित हवाई उडानका कारण नेपाल आउने पर्यटकलाई समेत सशंकित बनाउन सक्ने अवस्था देखिएको छ । जसले समग्रमा नेपालको पर्यटनलाई नकारात्मक असर गर्न सक्नेछ ।

दुर्घटनामा परेको जहाजमा थिए १९ जना : क्याप्टेनको जीवितै उद्धार*, शव टिचिङ लगिँदै 

बुधबारको दुर्घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न खोज्दै गर्दा भएको थियो । सो विमान सी–चेकका लागि जान लागेकोले यात्रु लैजान नमिल्ने भए पनि लगिएको भनेर टिप्पणी भइरहेको छ ।  बुधबारको दुर्घटनापछि नेपालमा सबैभन्दा बढी विमान दुर्घटना हुने गरेको तथ्यांक बेलायतको अनलाइन पत्रिका इन्डेपेन्डेन्टले उल्लेख गरेको  छ । 

विमान दुर्घटनापछि बन्द रहेको विमानस्थल खुल्यो

उसले बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनाको चर्चा गर्दै यो समेत सन् २०१० यताको १४ वर्षमा १४ वटा दुर्घटना भएको जनाएको छ । यति धेरै दुर्घटना सो अवधिमा अन्यत्र नभएको जनाइएको छ ।  बुधबारको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । यसअघि गतवर्ष  यती एयरलाइन्सको विमान काठमाडौंबाट पोखरा जाने क्रममा पोखरामा ७२ यात्रुसहित दुर्घटनामा परेको थियो ।

जहाज उड्नेबित्तिकै दाहिने मोडिएर दुर्घटनामा पर्‍यो, १८ जनाको मृत्यु 

१४ दुर्घटना १४ वर्षमाको शृंखला अगस्ट २०१० बाट सुरु भएको जनाउँदै सो पत्रिकाले २०१० मा अग्नि एयरको विमान काठमाडौंबाट लुक्ला उड्दा १४ जनाको मृत्यु भएको जनाएको छ ।  सोही वर्षको डिसेम्बरमा तारा एयरको ट्विनअटर बिमान दुर्घटना हुँदा २२ यात्रुको मृत्यु भएको थियो ।

रनवेको पूर्वतिर यसरी परेको थियो सौर्यको जहाज दुर्घटनामा (तस्बिरमा)

सेप्टेम्बर २०११ मा बुद्ध एयरको बीचक्राफ्ट दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको सो पत्रिकाले लेखेको छ ।  त्यसको एक वर्षपछि सीता एयरको डोर्नियर विमान दुर्घटना हुँदा ७ जना बेलायतीसहित १९ जनाको मृत्यु भएको जनाइएको छ ।

विमान दुर्घटनाको जानकारी लिन प्रधानमन्त्री ओली विमानस्थलमा 

नेपालको चुनौतीपूर्ण भू–भाग र मौसमको कारण चालक र इन्जिनियर उच्च मापदण्डको हुनुपर्नेमा बारम्बार त्यस्तो नहुने गरेको त्यसमा जनाइएको छ ।  नेपालका एयरलाइन्सहरु पुराना तथा आवश्यक मर्मत सम्भार नगरिएका कारण यस्ता दुर्घटना हुने गरेको जनाइएको छ । 

सौर्य एयर विमान दुर्घटना : एक यमन नागरिकको पनि मृत्यु   

सौर्य एयरलाइन्सको विमान पनि २० वर्ष पुरानो भएको, नेपालमा पर्याप्त अन्तर्राष्ट्रिय मान्यताअनुसार तालिम पनि नभएको त्यसमा जनाइएको छ । सबै नेपाली एयरलाइन्सको  सुरक्षा कमजोरीका कारण युरोपेली संघद्वारा प्रतिबन्धित भएको समाचारमा जनाइएको छ । 

दुर्घटनाको कम्तिमा १९ मिनेटमा गरिएको थियो क्याप्टेनको उद्धार

त्यसमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण र संयुक्त राष्ट्र संघले पनि यात्रु र क्रु मेम्बरले पालना गर्नुपर्ने मापदण्ड जारी गरेको जनाउँदै नेपालमा यात्रा गर्ने यात्रुले उडानमा जोखिम मोल्नुपर्ने अवस्था रहेको र नेपालको सडक पनि बेलायतको तुलनामा दुर्घटना दर ६ गुणा बढी भएको इन्डेपेन्डेन्टले जनाएको छ ।

सौर्य एयरको विमान दुर्घटना : प्रधानमन्त्रीद्वारा दुख व्यक्त

सौर्य एयरको विमान दुर्घटना : निरीक्षणमा प्रधानमन्त्रीदेखि मन्त्रीसम्म (तस्बिरहरू)

नियमित आकस्मिकता हुन पुग्यो हवाई दुर्घटना !

सौर्य एयरको विमान दुर्घटना : यी हुन् ज्यान गुमाउने एक विदेशीसहित १८ जना

सौर्य एयरलाइन्सले दुर्घटनामा गुमायो चार व्यवस्थापक  

सौर्य एयरको विमान दुर्घटना : मृत्यु भएकामध्ये तीनजना विराटनगरका

प्राविधिक परीक्षणका लागि पोखरा बस्न सौर्यले मागेको थियो एक महिनाको अनुमति

अझै ५० घण्टा बाँकी थियो विमानको विस्तृत परीक्षण गर्ने अवधि, 'लोड' पनि होइन कारण !

६९ वर्षको इतिहासमा नेपालमा १०८ हवाई दुर्घटना, ९५९ जनाको मृत्यु

सौर्य जहाज दुर्घटना : जाँचबुझ गर्न आयोग गठन

विमान दुर्घटना : बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने

क्याप्टेन शाक्यलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री ओली

क्याप्टेन मनिषरत्न शाक्य खतरामुक्त

सौर्य एयर– दुर्घटनामा परेकाको शव भोलिसम्म आफन्तलाई बुझाइने 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu