site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सौर्य एयरको विमान दुर्घटना : मृत्यु भएकामध्ये तीनजना विराटनगरका

विराटनगर । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एयरको विमान दुर्घटनामा विराटनगरका तीनजना छन् । 

मृत्यु भएका विमानका को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला र सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य विराटनगरका बासिन्दा हुन् । 

कटुवाल विराटनगर–३, आयल निगमनजिकैका निवासी रहेको सौर्य एयरलाइन्स विराटनगर स्टेसन म्यानेजर प्रकाश पौडेलले बताए ।

इन्जिनियर निरौला पनि विराटनगरकै बासिन्दा हुन् । उनको घर विराटनगर–१ स्थित भूपालमानसिंह कार्की मार्गमा पर्छ । उनी एरोनोटिक इन्जिनियर हुन् ।

इन्जिनियर निरौला सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलका भान्जा हुन् । अश्विनको तीन वर्ष अगाडि विवाह भएको थियो ।
मृत्यु भएका सौर्य एयरका सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य पनि विराटनगर–८ मधुमाराका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro