site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
६९ वर्षको इतिहासमा नेपालमा १०८ हवाई दुर्घटना, ९५९ जनाको मृत्यु

काठमाडौं । सन् १९५५ यता नेपालमा १०७ वटा हवाई दुर्घटना भएका छन् । नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार यी दुर्घटनामा ९५९ जनाको ज्यान गएको छ ।

करिब ६९ वर्षको अवधिभर भएका यी हवाई दुर्घटनामा नेपालका मल्टिइन्जिन विमान, सिंगल इन्जिन विमान, विदेशी विमान र हेलिकप्टर छन् ।

६६ दुर्घटनामा मानवीय क्षति, ४२ वटामा जोगियो

Dabur Nepal
NIC Asia

नेपालमा भएका १०८ हवाई दुर्घटनामध्ये ६६ दुर्घटनामा ९५९ जनाको ज्यान गएको हो । ४२ वटा दुर्घटनामा भने मानवीय क्षति हुनबाट जोगिएको तथ्यांक छ ।

Pllane--1721824882.jpg
 

मल्टिइन्जिन विमान दुर्घटनामा धेरै मानवीय क्षति

सबैभन्दा धेरै मानवीय क्षति मल्टिइन्जिन विमान दुर्घटनामा भएको छ । प्राधिकरणको तथ्यांकअनुसार मंगलबार भएको सौर्य एयरलाइन्सको विमानसहित नेपालमा मिल्टइन्जिनका ५१ वटा विमान दुर्घटना भएका छन् । मंगलबार मृत्यु हुने १८ सहित यी दुर्घटनामा ४६९ जनाले ज्यान गुमाएका छन् ।

५१ मध्येका ३० दुर्घटनामा मानवीय क्षति भएको छ भने, २१ वटा दुर्घटनामा मानवीय क्षति हुन जोगिएको छ । 

प्राधिकरणको एभिएसन सेफ्टी रिपोर्ट, २०२३ अनुसार नेपालमा सबैभन्दा धेरै दुर्घटनामा पर्ने र मानवीय क्षति हुने गरेका विमान यी नै हुन् ।

आठवटा सिंगल इन्जिन विमान दुर्घटना

सन् २०७५ यता नेपालमा आठवटा सिंगल वा एकल इन्जिनका विमान दुर्घटनामा परेका छन् । यीमध्ये ६ दुर्घटनामा २५ जनाले ज्यान गुमाएका छन् ।

दुईवटा दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको प्राधिकरणको तथ्यांक छ ।

Planee-1721824881.jpg
 

 ३९ वटा हेलिकप्टर दुर्घटना

सन् १९७९ यता नेपालमा ३९ वटा हेलिकप्टर  दुर्घटना भएका छन् । यीमध्ये २१ वटा दुर्घटनामा ९२ जनाले ज्यान गुमाएका छन् ।

बाँकी १८ वटा दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको छ । 

दशवटा विदेशी विमान दुर्घटना

नेपालमा विदेशी विमानसमेत दुर्घटना हुने गरेका छन् । नेपालमा पहिलोपटक १९५५ को अगस्ट ३० मा विमान दुर्घटना भएको प्राधिकरणको तथ्यांक छ । सिमरामा दुर्घटना भएको उक्त विमान भारतको कालिंगा एयरको थियो ।

त्यसयता नेपालमा दशवटा विदेशी विमान दुर्घटनामा परेका छन् । यी दुर्घटनामा ३७३ जनाले ज्यान गुमाएका छन् । दशमध्ये एउटा दुर्घटनामा मात्रै मानवीय क्षति नभएको रेकर्ड छ ।

1Pllane--1721824881.jpg
 

सबैभन्दा ठूलो विदेशी र स्वदेशी विमान दुर्घटना

एउटै हवाई दुर्घटनामा सबैभन्दा धेरै मानिसको ज्यान जाने गरी नेपालमा विदेशी विमान दुर्घटना भएको छ ।

सन् १९९२ को सेप्टेम्बर २८ मा ललितपुरको भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको दुर्घटना भएको थियो । उक्त दुर्घटनामा १६७ जनाको ज्यान गएको थियो, यो नै सबैभन्दा ठूलो मानवीय क्षति भएको दुर्घटना हो ।

आन्तरिक वा स्वदेशीतर्फ भने गत वर्ष सन् २०२३ को जनवरी १५ मा भएको यती एयरलाइन्सको विमान दुर्घटना हो । पोखरामा भएको उक्त दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro