site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जहाज उड्नेबित्तिकै दाहिने मोडिएर दुर्घटनामा पर्‍यो, १८ जनाको मृत्यु 
SkywellSkywell

सौर्य एयरको जहाज दुर्घटनास्थलमा स्थलमा उद्यारकर्ममा खटिरहेका नेपाली सेना, शसत्र प्रहरी, नेपाल प्रहरी लगायत विमानस्थलका कर्मचारीहरु । तस्बिर : प्रदीपराज वन्त,रासस


काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको जहाजमा परी १८ जनाको मृत्यु भएको छ ।

विमान दुर्घटनापछि बन्द रहेको विमानस्थल खुल्यो

Dabur Nepal
NIC Asia

नेपाल नागरिक उड्ययन प्राधिकरणले दिएको जानकारीअनुसार १८ जनाको शव संकलन गरिएको छ भने एक जनाको जीवित उद्धार गरिएको छ ।

काठमाडौं विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना

क्यानका प्रवक्ता हंसराज पाण्डेका अनुसार जहाजमा १९ जना यात्रु थिए ।

विमान दुर्घटनाबारे जानकारी लिन विमानस्थल जाँदै प्रधानमन्त्री

“सौर्य एयरलाइन्सको CRJ7 9NAMEजहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११ः११मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गइ रन वेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको, तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा एक जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याएको जानकारी गराइन्छ,” प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्टिय विमानस्थल बन्द

बाह्रखरीसँग कुरा गर्दै पाण्डेले १८ जनाको शव फेला परेको बताए । प्रहरीका अनुसार दुर्घटनामा परेको जहाजबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिँदैछ । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनामा परेको जहाजमा थिए १९ जना : क्याप्टेनको जीवितै उद्धार*, शव टिचिङ लगियो

सौर्य एयरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार जहाजमा चालक दलका सदस्य र प्राविधिक रहेका थिए । प्राविधिक चेकजाँचका लागि जहाज पोखरा लैजान लागिएको थियो । उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ । 

सौर्य एयरको जहाज दुर्घटनामा (तस्बिरमा)

उनका अनुसार उपचारका लागि शाक्यलाई केएमसी अस्पताल पठाइएको हो । जीवितै उद्धार गरिएका शाक्य बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।  जहाज सी चेकका लागि पोखरा लैजान लागिएको थियो । जहाज ग्राउन्ड छाडिसकेपछि नियन्त्रणबाहिर गएको थियो । 

jahajacci-1721806764.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu