site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

आज बुधवार बिहान  ११ बजेतिर काठमाडौंबाट पोखराका लागि उँडेको सौर्य एयरलाइन्सको विमान उड्नेबित्तिकै दुर्घटनाग्रस्त भयो । दुर्घटना भएको विमानमा सवार १९ जनामध्ये चालक १ जनाबाहेक सबैको मृत्यु भयो । सबै यात्रु सौर्य एयरलाइन्सकै कर्मचारी भएको जानकारी विमानसेवाले दिएको छ । 

विमान दुर्घटनापछि प्रधानमन्त्रीलगायत दुर्घटनास्थल पुगेका छन् । सञ्चार माध्यम र सामाजिक सञ्जालमा पनि विमान दुर्घटनाकै समाचार व्याप्त भएको छ । हवाई दुर्घटनाको समाचार संसारभर छिटै फैलिन्छ । यसैले अब केही दिन नेपाल फेरि विश्वका सञ्चार माध्यममा चर्चामा रहनेछ । 

सरकारले यसको जाँच गराउनेछ र प्रतिवेदन बुझ्नेछ । अनि अर्को दुर्घटना नहुँदासम्म सबैले  पीडितका आफन्तबाहेक अरूले बिर्सनेछन् । अहिलेसम्म भइआएको यही हो ।  हवाई दुर्घटना रोक्न अपनाउनुपर्ने सुरक्षा सावधानीमा सम्झौता गरिँदा नै यस्ता भयावह घटना हुनेगरेका न हुन् । 

गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाजस्ता केही घटनाबाहेक प्रायः दुर्घटना प्राविधिक त्रुटिका कारण हुनेगरेका छन् । विशेषगरी उडानका लागि उपयुक्त नभएका जहाजमासमेत यात्रु उडाउने गरिएकाले यस्ता दुर्घटना नियति नै बन्ने पुगेको हुन् विज्ञहरूले भन्दै आएका छन् । 

दुर्घटना हुनेबित्तिकै सरकारी अधिकारीहरूले देखाउने तदारुकता र गम्भीरता आफ्नो नियमित कामकाजमा पनि देखाएका भए सम्भवतः यस्ता भयावह दुर्घटनामध्ये धेरै हुने नै थिएनन् । कम्तीमा विमानको भौतिक अवस्थाको मापदण्डअनुरूप परीक्षण हुने हो भने पनि यस्ता भयावह दुर्घटनाहरू कम हुनेथिए ।

यही दुर्घटनाग्रस्त जहाजमा सौर्य एयरलाइन्सका कर्मचारीमात्र रहेको बताइएको थियो तर एक जना नाबालकसमेत यात्रुमा रहेका र उनको मृत्यु भएको छ । यस्तो गम्भीर हेलचेक्र्याइँ कोबाट भएको हो रु हेलचेक्य्राइँ सम्भवतः नेपालका वायुसेवा कम्पनीहरू र सरकारको पनि साझा प्रवृत्ति हो ।   

अब सरकारले गम्भीरतापूर्वक लिएर विमानस्थल र जहाजको भौतिक अवस्था तथा चालक दलको शारीरिक एवं मानसिक स्वास्थ्यको अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नियमित जाँच र अनुगमन हुने प्रबन्ध मिलाउनुपर्छ । यस्तो प्रबन्ध पनि कागज मिलाएर झारा टार्ने प्रकृतिकै भइरह्यो र अर्को दुर्घटना भयो भने त्यसको दोष अहिलेको सरकारलाई लाग्छ ।

विमान दुर्घटनामा जीवन गुमाउनेहरूप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्छौँ । जीवितै उद्धार गरिएका चालकलाई स्वास्थ्य लाभको पनि कामना छ । यस्ता दुर्घटना दोहोरिन नदिने राज्यको दायित्व पूरा गर्ने मति प्रधानमन्त्रीलगायत सरकारका सबै अधिकारीमा पलाओस् !
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro