site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
भारतको रुद्रपुरबाट थप एक नेपालीको उद्धार, बन्धक बनाउने तीनजना पक्राउ

काठमाडौं । भारतको उत्तराखण्ड राज्यको रुद्रपुरबाट थप एक नेपालीको उद्धार गरिएको छ । उनलाई एउटा गिरोहले आकर्षक जागिरको प्रलोभन देखाइ रुद्रपुर बोलाएर बन्धक बनाएका थिए । 

उनलाई नयाँदिल्लीस्थित नेपाली दूतावासको पहलमा स्थानीय प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा बुधबार उद्धार गरिएको हो । “उद्धार गरिएका एकजनालाई अहिले हामी लिएर नेपाल जाँदैछौँ,” नयाँदिल्लीमा कार्यालय रहेको सामाजिक संस्था किन इन्डियाका निर्देशक नवीन जोशीले बाह्रखरीसँग भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

योसँगै भारतको उत्तराखण्डस्थित रुद्रपुर र काशीपुरबाट उद्धार गरिएको नेपालीको संख्या ५८ पुगेको छ । उनीहरूलाई यही असार ५ गतेयता उद्धार गरिएको हो । उनीहरू सबैलाई गिरोहले आकर्षको जागिरको प्रलोभन देखाइ त्यहाँ पुर्‍याएर बन्धक बनाई राखेका थिए । 

यही असार ५ गते काशीपुरबाट ३५ जना, असार ८ गते रुद्रपुरबाट २२ जना र असार ११ गते रुद्रपुरबाट एकजना गरी कुल ५८ नेपालीको उद्धार गरिएको जोशीले जानकारी दिए । 

गिरोहले आकर्षक रोजगारीको प्रलोभन देखाइ नेपालीहरूलाई भारतको रुद्रपुर पुर्‍याएर बन्धक बनाउँदै रकम असुल गर्ने गरेको खुलेको थियो ।

रुद्रपुर र काशीपुर बोलाइ नेपालीलाई बन्धक बनाएर रकम असुल्ने गिरोहका तीनजना नाइकेलाई भारतीय प्रहरीले पक्राउ गरेको जोशीले बताए । पक्राउ पर्नेमा एकजना नेपाली र दुईजना भारतीय नागरिक छन् । 

पक्राउ पर्ने नेपालीमा डोटीको शिखर नगरपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाही छन् । पक्राउ परेका दुई भारतीयमा उत्तर प्रदेशको खानपुर जिल्लाको ग्राम कुडालम्बी थाानका २८ वर्षीय सचिन कुमार र उत्तराखण्डको भवाली जिल्लास्थित बुडला कोट रतीघाटका २६ वर्षीय मनीष तिवारी छन् । 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्