site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनमा सवारी दुर्घटना हुँदा सातजनाको मृत्यु, १८ घाइते
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । 

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किँदा उनीहरुको मृत्यु भएको हो ।

घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्