देश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका छन् । ओली बुधबार (आज) बिहान भएको सौर्य एयरको विमान दुर्घटनाको जानकारी लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।
गृहमन्त्री रमेश लेखक पनि घटनास्थलमा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहान ११ः११ मा पोखरा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रन वेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको जनाएको छ ।
विमानस्थलमा रहेका १९ मध्ये १८ जनाको शव फेला परेको पुष्टि भएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १३:३८
प्रतिक्रिया दिनुहोस्