site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राविधिक परीक्षणका लागि पोखरा बस्न सौर्यले मागेको थियो एक महिनाको अनुमति
Tiktok banner adTiktok banner ad

पोखरा । सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन् । विमानका क्याप्टेन मनीशरत्न शाक्य उपचाररत छन् । विमान पोखरा आउने तयारीमा थियो ।

पोखरा विमानस्थलका सूचना अधिकारी जसोदा गौतमका अनुसार सौर्य एयरलाइन्सले विमानको प्राविधिक परीक्षणका लागि एक महिना ह्यांगरमा राख्न अनुमति मागेको थियो । तर, नागरिक उड्डयन प्राधिकरण भने यसलाई स्वीकार गर्दैन । ‘सी चेक’ को लागि नभई विमान उडानयोग्य नै रहेको प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेयले दाबी गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले भने उक्त विमान प्राविधिक परीक्षणकै लागि पोखरा आउने क्रममा दुर्घटनामा परेको जनाएको छ । उक्त प्राविधिक परीक्षणलाई ‘सी चेक’ पनि भनिने गर्दछ । बुधबार विमान दुर्घटनाग्रस्त भएपछि ‘सी चेक’ परीक्षणको बारेमा जिज्ञासा र चासो पनि उत्तिकै देखिएको छ ।

विमानहरूमा हुने विभिन्न परीक्षणमध्ये ‘सी चेक’ पनि एक हो । विमानलाई ए, बी, सी र डी मा वर्गीकरण गरी परीक्षण गर्नेे गरिन्छ । अमेरिकाको नेशनल एभिएसन एकेडेमी (एनएए)का अनुसार विमानलाई चार भागमा वर्गीकरण गरेर परीक्षण गरिन्छ ।

‘ए’ चेक
विमानको प्रकारका आधारमा हरेक दुईदेखि तीन सय घण्टा वा चार सयदेखि ६ सय घण्टा उडानपश्चात् गरिने परीक्षण ‘ए’ चेक हो । विमानमा गरिने यो परीक्षणका लागि १० घण्टासम्मको समय लाग्न सक्छ । यो परीक्षणमा विमानमा भएको क्षति, विमानको भित्री भागको जाँच, इन्जिन परीक्षण हुने गर्दछ । आपतकालीन बत्ती जाँच, विमानको गियर, पार्किङ ब्रेक यो परीक्षणमा पर्दछन् ।

‘बी’ चेक
‘ए चेक’ सकिएका विमानहरूको दोस्रो  चरणको परीक्षण भनेको ‘बी चेक’ हो । यो चरणमा विमानको नोज ल्यान्डिङ गियर, इन्धन चुहावट, हाइड्रोलिक ट्युब परीक्षण गरिन्छ । यो चरणको परीक्षणको लागि एकदेखि तीन दिनसम्मको समय लाग्न सक्छ ।

‘सी’ चेक
‘सी’ चेक विमानमा गरिने ठूलै खालको परीक्षण हो । ‘सी’ चेकमा विमानको अधिकांश भागहरूको निरीक्षण गरिन्छ । यो निरीक्षणपछि नै विमान उडानका लागि आवश्यक मर्मतको जानकारी हुन्छ ।

विमानका संरचनाहरूको परीक्षण, विमानको डीसी बस कन्ट्रोल युनिटको परीक्षण, विमानमा जडित तारहरूको परीक्षण ‘सी’ चेकमा पर्दछन् । यो परीक्षणको लागि हप्तौँ समय लाग्दछ ।

‘डी’ चेक
विमानमा गम्भीर समस्या आएपछि गरिने परीक्षणलाई ‘डी’ चेक भन्ने गरिन्छ । विमानको प्रकारको आधारमा हरेक ६ देखि १० वर्षमा ‘डी’ चेक परीक्षण गरिन्छ । यसमा विमानको सबै पार्टपूर्जाको परीक्षण हुन्छ । यस्तो समयमा विमान उडानबाट बाहिरै हुन्छ ।

यसको परीक्षण र लागतको कारण कम्पनीहरूले वर्षौ पहिले नै यसको योजना बनाएका हुन्छन् । दुई वा तीन चरणको डी चेकपछि विमानको मर्मतको लागि कहिलेकाहीँ विमानको लागतभन्दा नै बढी खर्च आउने हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro